८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

प्रधानमन्त्री कपः पुलिसद्वारा आर्मी १३ रनले पराजित, कोेशीमाथि गण्डकीको सहज जित

प्रधानमन्त्री कपः पुलिसद्वारा आर्मी १३ रनले पराजित, कोेशीमाथि गण्डकीको सहज जित
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लवले त्रिभुवन आर्मी क्लवमाथि १३ रनको जित निकालेको छ ।

आईतवार रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा खराब मौसमका कारण ३३ ओभरमा छोट्याइएको खेलमा १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा आर्मी ३२.२ ओभरमा मा १ सय २७ रनमा अलआउट अलआउट हुँदा पुलिसले जित दर्ज गर्यो । योसँगै नेपाल पुलिसले प्रधानमन्त्री कपमा लगातार तेस्रो जित निकालेको छ । त्रिभुवन आर्मी क्लव भने प्रतियोगितामा ४ खेलमा २ हार व्यहोरिसकेको छ ।

पुलिसका बलर चम्किँदा आर्मीका शिर्ष तीन ब्याट्सम्यान खाता नखोली आउट भए । ओपनरद्वय इमराह शेख र सन्तोष कार्की तथा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप राजाली शुन्य रनमा आउट हुँदा पुलिसलाई सहज भयो । इमरानलाई पहिलो ओभरको अन्तिम बलमा सागर ढकालले बोल्ड गरे । त्यसपछि सन्दीपलाई पनि तेस्रो ओभरको चौथो बलमा सागरले नै बोल्ड गरेका थिए । सन्तोषलाई अर्को ओभरमा ललित राजवंशीको बलिङमा अर्जुन साउदले स्टम्प आउट गरे ।

आर्मीले तीन रनमा तीन विकेट गुमाएपछि नेपाली राष्ट्रिय टोलीका नियमित खेलाडी कुशल मल्ल र भीम सार्कीले खेललाई सम्हालेका थिए । भीम र कुशलले चौथो विकेटका लागि ८९ रनको साझेदारी पारी खेले । कुशल मल्ल ४८ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ३५ रन बनाएर २२ औं ओभरमा पेभेलियन फर्किए ।

भीम पनि २६ औं ओभरमा आउट भए । उनले ७६ बलमा ६ चौका प्रहार गर्दै ५२ रनको अर्धशतकीय पारी खेले पनि टिमले जित निकाल्न सकेन । त्यसपछि बसिर अहमद र विवेक यादव एकपछि अर्को गर्दै क्रमशः शुन्य र दुई रनमा आउट हुँदा आर्मी अप्ठ्यारोमा पर्दै गयो । आर्मीका कप्तान विनोद भण्डारी पनि धेरै समय क्रिजमा टिक्न सकेनन् । उनलाई ललित राजबंशीले १९ रनमा आउट गरे ।

सोमपाल कामी पनि तीन रन बनाएर राशिद खानको शिकार भए । यस्तै, रसिद खानले नै अन्तिम ओभरमा शाहब आलमलाई आउट गरेर पुलिसको जित सुनिश्चित गरे । बलिङतर्फ पुलिसका सागर ढकाल र ललित राजवंशीले समान तीन–तीन विकेट लिए भने रसिद खानले दुई विकेट लिन सफल भए । सागरले सात ओभरमा दुई मेडनसहित १४ रन मात्र दिए । दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे ।

त्यसअघि आर्मीका तिब्र गतिका बलर सोमपाल कामीको घातक बलिङमा नेपाल पुलिस क्लवले आर्मीलाई मध्यम योगफलमा रोकेको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिस ३१ ओभर ४ बलमा अलआउट हुँदै १ सय ४० रन बनाएको थियो ।

आर्मीको जस्तै पुलिसको शुरुवात पनि खराब थियो । १७ रनमा शुरुवाती तीन विकेट गुमाएपछि पुलिस एक समय निकै समस्यामा थियो । ओपनर कुशल भुर्तेल सोमपाल कामीको पहिलो बलमै आउट भए । विकेटकिपर अर्जुन साउद २५ बलमा १० रन मात्र बनाएर आउट हुँदा त्यसपछि दिलिप नाथ पनि शुन्यमा बोल्ड भए । तीनै विकेट सोमपालले लिएका थिए ।

ओपनर सुनिल धमला र आरिफ शेखले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै पुलिसको इनिङलाई बलियो बनाएका थिए । आरिफ ३४ बलमा तीन चौका प्रहार गर्दै १८ रनमा २३ औं ओभरमा आउट भए । त्यसपछि ब्याटिङमा आएका शंकर रानाले मात्र पाँच रन बनाउन सके । ओपनर सुनिल धमलाले तीन चौका र दुई छक्काका साथ ८० बलमा ५२ रन बनाएर पेभेलियन फर्किए । कप्तान दीपेन्द्रसिंह ऐरी पनि धेरैबेर क्रिजमा टिक्न सकेनन् । उनी १३ रन जोड्दा रन आउट भए । अलराउण्डर राशिद खानले १७ बलमा १३ रन बनाएर सोमपालको शिकार बने । त्यसपछि करण केसी १० रनमा शाहब आलमको बलमा बोल्ड भए । अन्तिममा ब्याटिङ गर्न आएका ललित राजबंशी पनि पहिलो बलमा नै शाहबकै बलमा बोल्ड भए । सागर ढकाल ३ रनमा नटआउट रहे ।

आर्मीका लागि सोमपाल कामीले घातक बलिङ गर्दै ६ ओभरमा ३ मेडनसहित मात्र १२ रन दिएर ४ विकेट लिए । विवेक यादवले सात ओभर बलिङ गर्दै ३७ रन दिएर दुई विकेट लिए । शाहब आलमले पनि ६.४ ओभर बलिङ गर्दै २६ रन खर्चेर दुई विकेट लिए । तीन खेलमा जित हात पार्दै पुलिस अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आर्मी चार खेलबाट चार अंक जोडेर छैटौं स्थानमा छ ।

कोेशीमाथि गण्डकीको सहज जित

गण्डकी प्रदेशले आईतबार प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि १४२ रनको रबाफिलो जित निकालेको छ ।

मुलपानी क्रिकेट मैदानमा कोसीले लज्जापूर्ण हार व्यहोर्दा गण्डकीका विपिन खत्रीले ४२ रनका साथै ६ विकेट लिँदै यादगार प्रदर्शन गरे । गण्डकीले दिएको एक सय ६७ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा कोशी १५.२ ओभरमा २५ रनमै समेटिन पुग्यो । कोशीको जारी प्रतियोगितामा छैटौं हार हो । कोसीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान अंकित सुवेदीको ८ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो । उनले ६ बल खेल्दा दुई चौका प्रहार गरे । त्यसबाहेक कुनैपनि ब्याटरले बाउन्ड्री प्रहार गर्न सकेनन् । गण्डकीको बलिङसामु कोशी निरिह बन्यो ।

विपिन सात ओभरमा तीन मेडन राख्दै ४ रन मात्र खर्चिए । सन्दीप पराजुलीले तीन र अंकित न्यौपानले एक विकेट विपिनलाई साथ दिएपछि कोसीको इनिङ धराशायी बन्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकीको पनि शुरुवात निकै खराब रह्यो । गण्डकी ४८.२ ओभरमा एक सय ६७ रनमै अलआउट भयो । गण्डकी २१.६ ओभरमा ७३/६ को अवस्थामा थियो । तर, मुस्कान र विपिनले इनिङ समाले । मुस्कानले १२२ बलमा सात चौकासहित ६७ रन जोडे । विपिनले ४२ रन जोड्दै इनिङ उकासे ।

उनले ७१ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । कमल परियारले १३ रन जोडे । गण्डकीका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । यद्यपि, बलिङमा साथ पाउँदा गण्डकीलाई जित निकाल्ने त्यो योगफल पनि पर्याप्त भयो । कोसीको बलिङमा अभ्यास तिमिल्सिनाले ६ विकेट लिए । फिर्दोस अन्सारी, कमल खत्री र सोनु मण्डलले थप एक विकेट लिँदा गण्डकी सामान्य योगफलमा समेटियो । तर, ब्याटिङमा भने कोशीले राम्रो गर्न सकेन र छैटौं हार सामना ग¥यो । गण्डकीले भने चौथो खेलमा पहिलो जित निकाल्यो । —न्युज एजेन्सी नेपाल