८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सकारात्मकतर्फ जनमत निर्माण गर्नु जरुरी छः पूर्वमन्त्री भूसाल

सकारात्मकतर्फ जनमत निर्माण गर्नु जरुरी छः पूर्वमन्त्री भूसाल
अ+ अ-

काठमाडौँ । पूर्वमन्त्री पम्फा भुसालले पछिल्लो समयमा नेपाली समाजमा नकारात्मक बढ्दै गएको हुँदा सकारात्मकतर्फ जनमत निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल वैकल्पिक अध्यक्ष समाजद्वारा संयुक्तरुपमा आज आयोजित ‘नेपाली समाजका सन्दर्भमा लेनिनवाद’ विषयक अन्तरक्रियामा उहाँले नेपाली समाजमा सकारात्मकताको धारणा जगाउन जरुरी भएको बताउनुभएको हो ।

“विश्व सूचना प्रविधिको विकासले सबैले उपयोग गर्न पाएका भए पनि पुँजीवाद र सम्राज्यवादीहरू यसको दुरुपयोग गरी नागरिकमा नकारात्मक धारणा उत्पन्न गरिरहका छन्”, पूर्वमन्त्री भूसालले भन्नुभयो, “प्राप्त उपलब्धि रक्षाका लागि समाजमा सकारात्मकता जगाउन जरुरी छ ।” उहाँले समाजवादतर्फ जनमत निर्माण गर्न नेपालमा पनि माओवादीले दशवर्षे सशस्त्र आन्दोलनबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गरेको स्मरण गर्नुभयो ।

नेत्री भुसालले लेलिनले तत्कालीन साम्राज्यवाद र पुँजीवादविरुद्ध क्रान्ति गर्नुभएको स्मरण गर्दै शान्तिपूर्ण तरिकाले राज्यसत्ता एक वर्गबाट अर्को वर्गमा नजाने विचार राख्नुभएको बताउनुभयो ।

राजनीतिज्ञ टङ्क कार्कीले माक्र्सवाद तथा लेनिनवादले राज्यसत्तामा रहने र सर्वहाराबीचको खाडल कम गर्नका लागि श्रमिकलाई साथमा लिएर हिँड्नुपर्ने चेत दिएको बताउनुभयो । उहाँले अहिले पनि पुँजीपति वर्ग र श्रमजीवी वर्गमा खाडल बढ्दै गएको विश्लेषणसमेत गर्नुभएको थियो ।

विश्लेषक सङ्गीत श्रोताले माक्र्सवादसँगै जोडेर लेलिनलाई हेरिनुपर्ने र नेपाली समाजमा आज पनि वर्गीय हिसाबले ठूलो खाडल बन्दै जाँदा लाखौँ युवा विदेशिन बाध्य भएको बताउनुभयो । उहाँले देशमा रोजगारीको अवसर नभएकै कारण युवा विदेशिएका छन् भन्ने कुरा राज्यसत्तामा बस्नेले हेक्का राख्नुपर्ने धारणा राख्नुभयो ।

“नेपाल पछिल्लो पाँच वर्ष हेर्दा नेपाल कम्युनिष्ट पार्टी सत्तामा गयौँ तर ठीकठाक हुँदाहुँदै पनि काम गर्न सकिएन”, उहाँले भन्नुभयो, “आमजनताबाट निराशा प्रकट भएको छ तर समाधान गर्ने राज्यसत्ताको ध्यान छैन, आज गरिखाने गर्वको पार्टी नै छैन ।”

लेनिन बितेको एक सयऔँ स्मृति दिवसका अवसरमा उक्त कार्यक्रम गरिएको थियो । रासस