५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय मुलका रेड्डीले नेपालविरुद्ध शतक हाने



अ+ अ-

काठमाडौँ । भारतीय मुलका स्नेहिथ रेड्डीले नेपालविरुद्ध शतक बनाएका छन् । आइसिसी यु–१९ एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत न्युजिल्याण्डका रेड्डीले नेपालविरुद्ध शतक बनाएका हुन् ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलोपार्क क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको न्युजिल्याण्डका लागि उनले १०६ बलमा शतक जोडे ।

उनले ८ चौका र २ छक्का प्रहार गरे । रेड्डी भारतको आन्द्र प्रदेशको विजयवाडामा जन्मिएका हुन् । रेड्डी मात्र होइन, न्युजिल्यान्डको टिममा ओलिभर तेवतिया पनि भारतीय मूलका हुन् । साथै, टोलीमा अफगानी मूलका रेहमान हेक्मत पनि छन् ।

ताजा अवस्थामा न्युजिल्याण्डले ४५.३ ओभरमा ६ विकेट गुमाएर २४९ रन जोडेको छ । यु–१९ विश्वकपमा यसअघि नेपालले दुई पटक न्युजिल्यान्डको सामना गरेको छ । दुवै खेलमा नेपालले जित हासिल गरेको थियो ।

सन् २००६ मा भएको खेलमा नेपालले न्युजिल्यान्डलाई एक विकेटले पराजित गरेको थियो भने सन् २०१६ मा भएको खेलमा नेपालले ३२ रनले हराएको थियो ।

नेपाली टोलीमा कप्तान देव खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपीन रावल, तिलकराज भण्डारी, दीपक बोहोरा र आकाश चन्द रहेका छन् ।