२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित हलिउड अभिनेता जेट ली किन आए काठमाडौँ ?



अ+ अ-

काठमाडौँ । चर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली नेपाल आएका छन् । केही दिनअघि काठमाडौँ आएका उनी हाल बौद्धको एक गुम्बामा छन् ।

बौद्ध गुरु छोकी निमा रिम्पोछेसँग बौद्ध दर्शनको कक्षा लिन उनी नेपाल आएको बताइएको छ । जेट लीसँगै शनिबार अभिनेत्री मनिषा कोइराला पनि उक्त गुम्बामा पुगेकी थिइन् ।

रिम्पोछेले बौद्ध गुम्बामा दुई दिनसम्म दिएको बौद्ध कक्षामा अभिनेता जेट ली सहभागि थिए । उनी छोरी र केही सहयोगीसँगै काठमाडौंमा आइपुगेका हुन् । सन् २०२३ को क्रिसमस मनाउन पनि जेट ली काठमाडौँ आइपुगेका थिए ।

यसपटकको उनी नेपाल आउनुको कारण विस्तृत रुपमा बताइएको छैन । अभिनेता ली बौद्ध दर्शनप्रति अभिरुचि राख्छन् ।

उनी चिनियाँ फिल्म अभिनेता, निर्माता, मार्शल आर्ट्सका कलाकार र सेवानिवृत्त उसु च्याम्पियन समेत हुन् । सन् १९८२ को चिनियाँ फिल्म ‘साओलिन टेम्पल’बाट उनले अभिनयमा डेब्यु गरेका थिए ।

उनी अन्तिम पटक २०२० को फिल्म मुलानमा देखा परेका थिए । उनले ४७ भन्दा बढी फिल्ममा अभिनय गरेका छन् ।