२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता

पहिलो कमाई २५० रुपैयाँ, फिल्मका लागि ५–७ करोड लिन्थे सुशान्त

पहिलो कमाई २५० रुपैयाँ, फिल्मका लागि ५–७ करोड लिन्थे सुशान्त
अ अ+ अ-

एजेन्सी । आज बलिउड दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको ३८ औँ जन्मजयन्ती हो । ३४ वर्षको उमेरमा उनले संसारलाई बिदा दिए । तर, उनको मृत्यु अझै रहस्यमय नै छ ।

कतिपयले उनको हत्या भएको बताएका छन् भने कतिपयले उनी लामो समयदेखि डिप्रेसनमा रहेकाले आत्महत्या गरेको बताएका छन् ।

२१ जनवरी १९८६ मा कृष्णकुमार सिंह र उषा सिंहको घरमा छोराको जन्म भयो । उनको नाम गुलशन थियो, जसलाई पछि विश्वले सुशान्त सिंह राजपूतको नामले चिन्यो ।

चार दिदीबहिनीमा सुशान्त एक्लो भाइ थिए, त्यसैले सबै दिदीबहिनीको प्यारो थिए । जब उनी १६ वर्षको थिए, उनकी आमाको ब्रेन हेमरेजका कारण मृत्यु भयो । यसअघि उनकी एक बहिनीको पनि निधन भएको थियो । शोकको बोझले भरिएको परिवार पटनाबाट दिल्ली सरेको थियो ।

सुशान्तलाई सानैदेखि पढाइप्रति लगाव थियो । दिल्ली आएपछि उनले सेन्ट केरेन्स स्कूलबाट थप अध्ययन गरे । यसपछि उनले सन् २००३ मा दिल्ली युनिभर्सिटी अफ टेक्नोलोजीको प्रवेश परीक्षा दिए, जसमा उनले सातौं स्थान हासिल गरे । सुशान्तले भारतीय खानी विश्वविद्यालयसहित कुल ११ वटा इन्जिनियरिङ प्रवेश परीक्षा उत्तीर्ण गरेका थिए ।

सुशान्तको पहिलो कमाई २५० रुपैयाँ थियो । तर, सफलता पाएपछि सुशान्तले एउटा फिल्मका लागि करिब ५ देखि ७ करोड रुपैयाँ लिन्थे । फिल्मका अलावा उनको आम्दानीको स्रोत ब्राण्ड एन्डोर्समेन्ट र स्टेज शो पनि थिए ।

बलिउडमा प्रवेश गरेपछि सुशान्तले २०१५ मा पाली हिल क्षेत्रमा पेन्टहाउस किनेका थिए । यस पेन्टहाउसको मूल्य २० करोड रुपैयाँ थियो । सुशान्तको कार संग्रहमा १.५ करोडको मासेराती क्वाट्रोपोर्टो लक्जरी कार समावेश छ । उनीसँग २५ लाखको के१३०००आर बाइक पनि थियो । उनका दुबै गाडीको नम्बर ४७४७ थियो ।

अप्रिल २६, २०१८ मा, सुशान्तले दुई जनासँग मिलेर आफ्नो कम्पनी इन्नासाई भेन्चर्सको आधारशिला राखे । नयाँ प्रविधिको प्रवद्र्धनका लागि काम गर्न लागेको यो कम्पनीमा सुशान्तले ३०० करोड रुपैयाँ लगानी गर्न लागेका थिए ।

सुशान्तले आफ्नो कम्पनी इन्नासाई भेन्चरबाट १२ वटा बायोपिक बनाउन लागेका थिए, जसमा उनले विभिन्न ऐतिहासिक पात्रको भूमिका निर्वाह गर्नेछन् । फिल्ममा व्यस्तताका कारण सुशान्तले निर्माणमा ध्यान दिन सकेनन् ।

सुशान्तले सन् २०१९ मा प्रेमिका रिया चक्रवर्ती र भाइ शौविकसँग भिविड्रेज रिअल्टिक्स दर्ता गरेका थिए । यस कम्पनीको नाम रिया पछि लेखिएको थियो ।