८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

शोएब मलिकले टी२० क्रिकेटमा इतिहास रचे, क्रिस गेलपछि यस्तो गर्ने दोस्रो ब्याट्सम्यान

शोएब मलिकले टी२० क्रिकेटमा इतिहास रचे, क्रिस गेलपछि यस्तो गर्ने दोस्रो ब्याट्सम्यान
अ+ अ-

एजेन्सी । पाकिस्तानका अलराउन्डर शोएब मलिकले शनिबार जनवरी २० मा टी–२० क्रिकेटमा इतिहास रचेका छन् । उनी टी–२० मा क्रिस गेलपछि १३ हजार रन पूरा गर्ने विश्वकै दोस्रो ब्याट्सम्यान बनेका छन् ।

बंगलादेश प्रिमियर लिग (बीपीएल) २०२४ को तेस्रो खेलमा रंगपुर राइडर्सविरुद्धको खेलमा शोएब मलिकले यो उपलब्धि हासिल गरेका हुन् ।

बंगलादेश प्रिमियर लिगमा शनिबार रंगपुर राइडर्सले फर्च्युन बारिशालको सामना गरेको छ । पहिले ब्याटिङ गरेको रंगपुर राइडर्सले ९ विकेट गुमाएर १३४ रन बनाएको थियो । फर्च्युन बरिशालले ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । शोएब मलिकले १८ बलमा १७ रनको अविजित इनिङ खेले भने महमुदुल्लाहसँग २५ रनको अविजित साझेदारी गरे ।

यो खेलमा शोएब मलिकले ७ रन बनाएर इतिहास रचे । उनी टी–२० क्रिकेटमा १३ हजार रन बनाउने दोस्रो खेलाडी बनेका छन् । वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले टी–२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाएका छन् । गेलको नाममा १४ हजार ५६२ रन छन् ।

एसियामा टी–२० क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी भए पनि शोएब मलिकले अहिलेसम्म टी–२० शतक बनाउन सकेका छैनन् । शोएब मलिकले टेस्ट र एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् । शोएब मलिकले पाकिस्तानका लागि १२४ टी–२० खेलमा ३०को औसतमा २४३५ रन बनाएका छन् । शोएब मलिक, जो २००९ मा टी२० विश्व कप विजेता टोलीको हिस्सा थिए, उनले नोभेम्बर २०, २०२१ देखि पाकिस्तानका लागि क्रिकेट खेलेका छैनन् ।