२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

शोएब मलिकले टी२० क्रिकेटमा इतिहास रचे, क्रिस गेलपछि यस्तो गर्ने दोस्रो ब्याट्सम्यान



अ+ अ-

एजेन्सी । पाकिस्तानका अलराउन्डर शोएब मलिकले शनिबार जनवरी २० मा टी–२० क्रिकेटमा इतिहास रचेका छन् । उनी टी–२० मा क्रिस गेलपछि १३ हजार रन पूरा गर्ने विश्वकै दोस्रो ब्याट्सम्यान बनेका छन् ।

बंगलादेश प्रिमियर लिग (बीपीएल) २०२४ को तेस्रो खेलमा रंगपुर राइडर्सविरुद्धको खेलमा शोएब मलिकले यो उपलब्धि हासिल गरेका हुन् ।

बंगलादेश प्रिमियर लिगमा शनिबार रंगपुर राइडर्सले फर्च्युन बारिशालको सामना गरेको छ । पहिले ब्याटिङ गरेको रंगपुर राइडर्सले ९ विकेट गुमाएर १३४ रन बनाएको थियो । फर्च्युन बरिशालले ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । शोएब मलिकले १८ बलमा १७ रनको अविजित इनिङ खेले भने महमुदुल्लाहसँग २५ रनको अविजित साझेदारी गरे ।

यो खेलमा शोएब मलिकले ७ रन बनाएर इतिहास रचे । उनी टी–२० क्रिकेटमा १३ हजार रन बनाउने दोस्रो खेलाडी बनेका छन् । वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले टी–२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाएका छन् । गेलको नाममा १४ हजार ५६२ रन छन् ।

एसियामा टी–२० क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी भए पनि शोएब मलिकले अहिलेसम्म टी–२० शतक बनाउन सकेका छैनन् । शोएब मलिकले टेस्ट र एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् । शोएब मलिकले पाकिस्तानका लागि १२४ टी–२० खेलमा ३०को औसतमा २४३५ रन बनाएका छन् । शोएब मलिक, जो २००९ मा टी२० विश्व कप विजेता टोलीको हिस्सा थिए, उनले नोभेम्बर २०, २०२१ देखि पाकिस्तानका लागि क्रिकेट खेलेका छैनन् ।