२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलको सहज जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तरगत आर्सनल शानदार जितका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा आर्सनलले क्रिष्टल प्यालेसमाथि ५–० गोलको एकतर्फी जित निकालेको हो ।

आर्सनललाई जित दिलाउन ग्याब्रिएल मार्टिनेलीले २ गोल गर्दा लियान्द्रो ट्रोसार्ड र गेब्रियल मेगहेल्सले एक-एक गोल गरे । एक गोल भने आर्सनलले उपहारस्वरुप पाएको थियो ।

११ औँ मिनेटमा गेब्रियल मेगहेल्सले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ३७ औँ मिनेटमा क्रिष्टलका डिन हेन्डरसनले आफ्नै पोस्टमा गोल गरेपछि आर्सनल २–० ले अघि बढेको थियो ।

ट्रोसार्डले ५९ औँ मिनेटमा टिमका लागि तेस्रो गोल गरेका थिए । अतिरिक्त समयको चौथो र पाँचौँ मिनेटमा ग्याब्रिएल मार्टिनेलीले लगातार २ गोल गर्दै आर्सनललाई ५–० को फराकिलो जित दिलाए ।

जितपछि आर्सनल ४३ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान ४३ अङ्क भएको एस्टन भिल्ला चौथो स्थानमा झरेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको पनि ४३ नै अङ्क रहेको छ ।

लिभरपुल ४५ अङ्कका साथ शीर्ष स्थानमा रहदा आर्सनलसँग पराजित क्रिष्टल प्यालेस भने १४ औँ स्थानमा छ ।