२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिना कुनै कटौति सेन्सर बोर्डबाट पास भयो ‘फाइटर’, सबैले हेर्न मिल्ने



अ+ अ-

एजेन्सी । एक्शनले भरिपूर्ण फिल्म ‘फाइटर’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । ऋतिक रोशन र दीपिका पादुकोणलाई पर्दामा सँगै हेर्न आतुर फ्यानहरूले यो फिल्मको लागि पागलपन देखाएका छन् ।

चलचित्रको ट्रेलर सार्वजनिक भएको छ, जसलाई धेरैले रुचाएका छन् । यससँगै फिल्मका गीतहरूले पनि दर्शकको उत्साहलाई कायमै राखेका छन् । अब फ्यान फिल्म रिलिजको पर्खाइमा छन् ।

‘फाइटर’ सिद्धार्थ आनन्दद्वारा निर्देशित एक एरियल एक्सन फिल्म हो । फ्यानले पहिलो पटक दीपिका र ऋतिकको रोमान्स सिल्भर स्क्रिनमा हेर्न पाउनेछन् । यसका अलावा अनिल कपुर पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

फाइटर रिलिज हुन धेरै समय बाँकी नभएकाले चलचित्रको प्रचारप्रसारलाई तिब्रता दिइएको छ । निर्माताहरूले हरेक दिन कुनै न कुनै प्रमोशनल अपडेट सेयर गर्दै आएका छन् र अहिले फिल्मको सर्टिफिकेटको जानकारी आएको छ ।

फिल्म फाइटर २५ जनवरीमा रिलिज हुँदैछ । चलचित्रलाई सेन्सर बोर्डद्वारा यूए प्रमाणपत्र प्रदान गरिएको छ । अर्थात् हरेक उमेरका मानिसले यो चलचित्र हेर्न सक्छन् । यससँगै ‘फाइटर’ को रनटाइमको जानकारी पनि सार्वजनिक भएको छ । यो एरियल एक्सन फिल्म २ घण्टा ४६ मिनेट लामो हुनेछ ।




भर्खरै