२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘यो लामो जीवनमा किन म हतास हतास छु…’



गायक तथा साहित्यकार योगेश वैद्य , संगीतश्रष्टा शम्भुजीत बास्कोटा र गायक प्रेमध्वज प्रधान एक कार्यक्रममा
अ+ अ-

काठमाडौं । ‘यो लामो जीवनमा किन म हतास हतास छु…’ गीतमा यस्तो भाव भएपनि केही दिन अघि सम्म पनि गीतसङ्गीतका क्षेत्रमा सक्रिय रहनु भएका गायक तथा साहित्यकार योगेश वैद्य शुक्रबार ७७ वर्षको उमेरमा अस्ताउनु भयो ।

गीतकार उन्नती बोहोरा शीलाको शब्द र सङ्गीतश्रष्टा शम्भुजीत बासकोटाको सङ्गीत रहेको गीतको शब्द जस्तै नचाहेर पनि किन म उदास उदास छु भन्दै वैद्य बिलिन हुनु भयो । निकै कम मात्रमा मात्र प्रत्यक्ष सङ्गीतका कार्यक्रम गर्नुभएका वैद्यले करिब १० बर्ष अघि सङ्गीतश्रष्टा बासकोटाको परिकल्पना र निर्देशन तथा प्राज्ञ बिजय थापाको समन्वयमा एउटा भिडियो छायाकंन गर्नुभयो ।

ललितकला प्रज्ञा प्रतिष्ठानमा छायाकंन गरिएको सो गीतमा नेपालमा प्रशिद्ध साहित्यकार तथा कलाकारहरु नाट्य साम्राट बालकृष्ण सम ,लैनसिह बाङदेल,अमर चित्रकार साथै अन्य राष्ट्रिय सर्जकहरु द्वारा कोरिएका चित्रहरु समाबेश गरिएको थियो ।

यतिबेला त्यो स्थल बेवारिस जस्तै बनेको छ । संरक्षण हुन नसकेर मूध्र्यन्य श्रष्टाहरुको सृजना अलपत्र बनेको छ । शुक्रबार गायक वैद्यलाई गीतसङ्गीतमार्फत सोही स्थानमा श्रष्टाहरुले श्रद्धाञ्जली दिए ।

नेपाल सङ्गीतकार सङ्घको आयोजनामा नक्सालस्थित सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा भएको श्रद्धाञ्जली सभामा उहाँको पार्थिव शरीरलाई प्रतिष्ठानका पूर्वउपकुलपति तथा संघका संरक्षक सङ्गीतकार शम्भुजीत बासकोटा, चेतन सापकोटा, वसन्त सापकोटा, महेश खड्कालगायतले श्रद्धाञ्जली दिनुभयो ।

उहाँलाई सपना भुलाई सारा’ गीतमार्फत अन्तिम श्रद्धाञ्जली दिइएको थियो । सङ्गीतकार शम्भुजीत बासकोटाले दिवङ्गत गायक वैद्यसँग चार दिन अगाडि मात्रै कुरा भएको बताउनुभयो । उहाँले न्यूजपोलारसंग भन्नुभयो , “उहाँले कविता, गीत लेख्नुहुन्थ्यो । सङ्गीत गर्नुहुन्थ्यो । उहाँ मखमली आवाजको धनी हो । मेरा केही गीतहरु पनि गाउनुभएको थियो । उहाँले पहिले पनि नेपाली र नेपाल भाषाका अनेक गीत गाएर योगदान पुर्‍याउनुभएको छ । ”

यो पनि पढ्नुहोसयोगेश वैद्यप्रति संगीतकर्मीको श्रद्धाञ्जली: सपना भुलाई सारा गीत सहित (भिडियोसहित)

बासकोटाले भन्नुभयो “योगेश वैद्य दाइको योगदानको बारेमा राष्ट्रले कसरी बोल्छ थाहा छैन, उहाँ सुगम संगीतको लागि उहाँ संरक्षक हुनुहुन्छ । उहाँले समय–समयमा दिएका अभिव्यक्ति, उहाँले गाएका गीतहरु, उहाँको गीत–संगीत छनोटका कुरा गर्दा उहाँ अत्यन्तै गहन व्यक्तित्व हुनुहुन्छ ।उहाँलाई धेरै मिस गरिराखेको ।

बासकोटाले भन्नुभयो “चार दिन अघि कुरा हुदाँ उहाँले मेरो संगीतमा स्वर दिने बताउनु भएको थियो ।  उहाँ मखमली आवाजको धनी हो । उहाँको आवाजको फ्यान हुँ । मेरा केही गीतहरु गाउनुभएको छ । उहाँ जाँदै हुनुहुन्छ तर उहाँले छाडेका कृतिहरु, उहाँका संगीतहरु, सुमधुर आवाजहरु हामीसँगै रहिरहनेछन् ।”

बासकोटाका अनुसार बैद्यले नेपाली कथानक चलचित्र सन्तानको मा समेत गीत गाउनु भएको थियो ।

विसं २००३ मा नरदेवीमा जन्मनुएका उहाँको पहिलो रचना ‘कति प्यासी छ जिन्दगी’ बोलको नेवारी र ‘सपना भुलाई सारा’ बोलको गीत गीत निकै लोकप्रिय छन् । राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गर्नुभएका साहित्यकार वैद्यका विभिन्न कृति प्रकाशित छन् ।