११ असार २०८३, बिहीबार
,
Latest
कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीको विकासमा सहकार्यका लागि छलफल



अ+ अ-

लुम्बिनी: लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एसोसिएसनका उपाध्यक्ष युन सुङविच लुम्बिनीको विकासमा सहकार्य गर्ने विषयमा छलफल गर्नुभएको छ ।

उपाध्यक्ष डा लामा र सुङविच आज भएको भेटवार्तामा शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विकासमा सहकार्य गर्ने, चिनियाँ पर्यटकलाई लुम्बिनीमा बढीभन्दा बढी ल्याउनेलगायतका विषयमा छलफल भएको हो । भेटमा उपाध्यक्ष डा लामाले चीन र नेपालबीचको सम्बन्ध भगवान बुद्धले थप नजिक बनाएको बताउँदै लुम्बिनीमा चिनियाँ पर्यटकलाई स्वागत गर्न आतुर रहेको बताउनुभयो ।

चीनमा बुद्धका अनुयायी धेरै रहेकाले बुद्धजन्मस्थलमा ल्याउने वातावरणका लागि पहल गरिदिन उपाध्यक्ष डा लामाले आग्रह गर्नुभयो । भेटमा डा लामा र उपाध्यक्ष सुङविच दुई देशबीचको साझेदारी, लुम्बिनीको विकास संरक्षण र सम्वद्र्धन लगायतका विषयमा छलफल भएको थियो ।

भेटमा चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एसोसिएसनका उपाध्यक्ष सुङले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा खुसी लागेको  बताउनुभयो । उहाँले बुद्ध जन्मस्थल चिनियाँका लागि पवित्रस्थल रहेकाले यसको प्रचारप्रसार गर्ने बताउनुभयो । लुम्बिनी भ्रमणमा रहेका उपाध्यक्ष सुङको टोलीमा करिब ४० जना भिक्षु, भिक्षुणी सहभागी छन् ।रासस