५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी पहाडी जिल्लामा हिमपात



अ+ अ-

मङ्गलबारे । इलामका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ । केही क्षेत्रमा वर्षासँगै हिमपात भएको हो । जिल्लाका पर्यटकीयस्थल सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिका तथा देउमाई नगरपालिकाको माथिल्ला क्षेत्रमा मङ्गलबार साँझदेखि नै हिउँ पर्न थालेको छ ।

देउमाई नगरपालिकाको राँकेलगायत क्षेत्रमा हिउँ परेपछि सवारी साधन सञ्चालनमा समस्या भएको छ । हिमपातका कारण मेघमा, तुम्लिङ, टङ्लु, जौबारी, गैरीबास, फालुटक्षेत्रको जनजीवन प्रभावित भएको छ । बाक्लो हिमपातले गर्दा घर बाहिरको काम गर्न समस्या भएको स्थानीय लाक्पा शेर्पाले बताउनुभयो । यद्यपि हिउँले सुक्खा जमिन चिसो हुँदा किसानलाई भने राहत भएको उहाँ बताउनुहुन्छ ।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथरमा पनि मङ्गलबारदेखि नै हिमपात भएको छ ।