काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयमा कार्यरत १३ जना हटाइएको छ । प्रधानमन्त्री प्रचण्डले माघ १ गतेदेखि लागु हुने गरी स्वकीय सचिवालयबाट १३ जनालाई हटाएका प्रमुख स्वकीय सचिव सन्तकुमार दैरेले बताए ।
सचिवालयका एक स्वकीय सहसचिव, ४ जना स्वकीय उपसचिव, एक स्वकीय शाखा अधिकृत, २ जना प्रशासन सहायक, २ जना कम्प्युटर सहायक र २ जना हलुका सवारी चालक जिम्मेवारी मुक्त भएका दैरेले बताए ।
प्रधामनन्त्रीका स्वकीय सहसचिव नारायणप्रसाद ढुंगाना, स्वकीय उपसचिवहरु रमेशप्रसाद गुरागाईं, ओमकुमारी पौडेल, सावित्रीकुमारी अधिकारी र कलबहादुर नाथ विदा भएका छन् । स्वकीय शाखा अधिकृत लाले कुमालसँगै प्रशासन सहायकद्वय युवराज शाह र रामलाल पराजुली, कम्प्युटर सहायक बासुदेव शर्मा र खड्क योगीलाई हटाईएको छ ।
यस्तै, कार्यालय सहयोगी अविनाश वाइवा, हलुका सवारी चालकहरु रमेशप्रसाद घिमिरे र पवित्रबहादुर शाही पनि प्रधानमन्त्रीको सचिवालयबाट बिदा भएका छन् ।