११ असार २०८३, बिहीबार
,
Latest
महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिर्तामोडको वेल्स मोडल स्कुलमा विस्फोट, १ जना घाइते



अ+ अ-

झापा । बिर्तामोड नगरपालिकाको वडा नम्बर– ७ मा रहेको वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

स्कुलले आज आयोजना गरेका खेलकुद कार्यक्रमको सजावटका लागि बेलुन फुलाउन प्रयोग गरिएको हाइड्रोजन ग्यास भरिएको सिलिन्डर विस्फोट हुँदा अन्दाजी ५० वर्षका भारतीय नागरिक घाइते भएको प्रहरीले जनाएको छ । उनको उपचारको लागि विएण्डसी मेडिकल कलेज पठाइएको छ ।

उनको नाम भने खुलेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।