२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटमा गोरु जुधाएर मनाइयो माघेसङ्क्रान्ति



अ+ अ-

त्रिशूली । नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाएर माघेसङ्क्रान्ति पर्वका मनाइएको छ । गोरु जुधाइलाई प्रतियोगिता र प्रतिस्पर्धा गरेर पर्व मनाउने पुरानो शैलीलाई निरन्तरता दिँदै यस वर्ष पनि नुवाकोटको तारुका, बेत्रावती, पञ्चकन्या, शेराबगरलगायत स्थानमा गोरु जुधाइएको हो ।

गोरु जुधाइ मेलाका लागि नेपालमै उद्गमस्थल मानिएको तारकेश्वर गाउँपालिका-३ तारुकाको चन्दनीमा १७ हल र विदुर नगरपालिका-१० स्थित रसुवाको सङ्गमस्थल बेत्रावतीमा नौ हल गोरु जुधाइएको छ । पञ्चकन्या गाउँपालिका-३ पीपलडाँडामा आठहल र शिवपुरी गाउँपालिका-५ शेराबगरमा चारहल गोरु जुधाएर माघेसङ्क्रान्ति पर्व मनाउने नुवाकोटको फरक शैलीलाई निरन्तरता दिइएको हो ।

शिवपुरी गाउँपालिका-५ शेराबगरमा आयोजित गोरु जुधाइ तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले विकासका लागि किसानलाई प्रेरणा गर्ने कार्यक्रमलाई राज्यले प्राथमिकता दिएको बताउनुभयो । उहाँका अनुसार किसानलाई अनुदानमार्फत सक्षम बनाउन उत्पादनमा आधारित अनुदान कार्यक्रम ल्याइएको छ ।

“किसानले नेतृत्व गरेको गोरु जुधाइलाई समय सान्दर्भिक बनाउन सरकारीस्तरबाट सहयोग हुन्छ”, उहाँले भन्नुभयो, “पर्व, संस्कृति र प्रतियोगिताले अर्थतन्त्र बलियो बनाउन र विकासको सूचाङ्क बढाउन केन्द्रित गराउनुपर्छ ।”

तत्कालीन बझाङी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघरमा आएको समयमा विसंं १८८७ मा मनोरञ्जन दिन गोरु जुधाएर देखाइएको र त्यसलाई निरन्तरता दिन थालिएको माघेसङ्क्रान्ति गोरुजुधाइ महोत्सव व्यवस्थापन समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार किसानले ठाउँठाउँमा स्वःस्फूर्तरुपमा जुधाउने गोरुलाई विसं २०६२ देखि समितिमार्फत व्यवस्थितरुपमा प्रतियोगिताका रुपमा सञ्चालनमा ल्याइएको हो । “गोरु जुधाइ प्रतिस्पर्धाले पशुचौपायको अधिकारको हनन् हुन्छ भने टिप्पणी भए पनि जुधाउने गोरुपालक किसानबाट पूर्वप्रशिक्षण, प्रतिस्पर्धामा आचारसंहिताको पालना, स्वास्थ्योपचारलगायत समिति सचेत हुँदै आइरहेको छ”, उहाँले भन्नुभयो, “गोरु जुधाइले जिल्लाको पर्यटन प्रवर्द्धन, संस्कृतिको सम्वर्द्धनसहित बद्लिँदो परिवेशको मौलिकपनलाई समेत सुरक्षित बनाउन योगदान पुर्‍याएको छ ।”

माघेसङ्क्रान्ति पर्वका अवसरमा बेत्रावतीमा आयोजित गोरु जुधाइ पर्वलाई सांस्कृतिक महोत्सवका रुपमा थप बृहत् बनाउँदै लगिएको छ ।

बेत्रावतीमा २०५३ सालदेखि गोरु जुधाउन सुरु भए पनि २०६७ देखि स्थानीय बेत्रावती युवा क्लबले नेतृत्व लिएर प्रतियोगिताका रुपमा व्यवस्थित गरेको संयोजक सुरज लवटले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल र भोट (चीन)बीच भएको युद्धअन्तर्गत विसंं १८४९ मा बेत्रावतीमा भएको सन्धिपश्चात् नेपाली पक्षको जीतको उत्सवमा तत्कालीन समयमा गोरु जुधाएको स्मरणमा निरन्तरता दिइएको हो । तारुका र बेत्रावतीको गोरु जुधाइ परम्पराको सुरुआतको तथ्यमा इतिहासविद्को भने फरक(फरक राय पाइन्छ । रासस




भर्खरै