४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हानले माघ २ गते ‘नेपाल सत्कार दिवस’ मनाउने



अ+ अ-

काठमाडौँ । होटल संघ नेपालले माघ २ गते काठमाडौंमा नेपाल सत्कार दिवस–२०२४ मनाउने भएको छ ।

होटल क्षेत्रको समग्र विकासमा मद्दत पुर्‍याउने उद्देश्यले संघले पहिलोपटक नेपाल सत्कार दिवस मनाउन लागेको हो । संघका अध्यक्ष विनायक साहले होटेल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरू र चुनौतिबारे समिक्षाको लागि सत्कार दिवस बनाउन लागेको बताउनु भयो । उहाँले ५८ वर्षअघि माघ २ गते होटल संघ नेपाल विधिगत रुपमा दर्ता भएको सम्झनामा नेपाल सत्कार दिवस मनाउन लागेको बताउनु भयो ।

उहाँले आगामी दिनमा होटल उद्योग कसरी अगाडि बढ्ने भन्ने कुराहरुमा सरोकारवालहरुसँग छलफल गरी कार्यनीति अगाडि ल्याउने बताउनु भयो । संघले तयार गरेको नेपाल होटल इयरबुक–२०२४ र इ–लर्निङ प्लेटफर्म’ मार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन ट्रेनिङ प्याक सार्वजनिक गरिने बताउनु भयो । उत्सवमा सातै प्रदेशको रैथाने मौलिक खानाहरु स्वदेशी र विदेशी गरी ३ सय जना पाहुनालाई सत्कार गर्ने बताउनु भयो । उहाँले संघले सत्कार दिवसलाई आगामी वर्षदेखि निरन्तरता दिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ २०२३ पर्यटन आगमनमा सुखद् रह्यो । १० लाख भन्दा बढी पर्यटकहरु नेपालमा आउनुभएको छ । त्यही रुपमा सडक मार्ग हुँदै भारतीय पर्यटक आएको र आन्तरिक पर्यटक पनि वृद्धि भएकाले २०२३ राम्रो रह्यो । यो भन्दा अगाडि जानसक्ने क्षमता छ । ३० देखि ३५ लाख पर्यटकलाई थेप्न सक्ने क्षमता पर्यटन पूर्वाधार पुगेको छ । त्यति प्रर्यटक भित्र्याउने लक्ष्य छ । त्यसको लागि माघ २ गते सात्कार दिवस नेपाल हस्पिटालिटी डे भनेर काठमाडौंमा मनाउँदैछौं ।’

‘यसले समग्र होटल उद्योगको अहिलेको अवस्था,होटलको सम्भावना र चुनौतिका विषयमा समिक्षा गछौं । आगामी दिनमा होटल उद्योग कसरी अगाडि बढ्ने भन्ने कुराहरुमा सरकारसँग बसेर कार्यनीति अगाडि ल्याउँछौं । ५८ वर्ष अघि माघ २ गते होटल संघ नेपाल विधिगत रुपमा दर्ता भएको थियो । त्यही दिनलाई दिवसको रुपमा मनाउन सत्कार दिवस पहिलो पटक मनाउँदै छौं । यसमा नेपाल होटल इयरबुक–२०२४’ तयार गरेका छौं र ‘इ–लर्निङ प्लेटफर्म’मार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन ट्रेनिङ प्याक पनि सार्वजनिक छौं । सातै प्रदेशको रैथाने मौलिक खानाहरु स्वदेशी र विदेशी ३ सय जना पाहुनालाई खुवाउँछौं । यो अब निरन्तर मनाउँछौं । यसले समग्र होटलको विकासमा मदत पुर्‍याउँछ ।’

उहाँले २०२३ पर्यटक आगमनको हिसावमा सुखद् रहेको भन्दै आगामी वर्ष थप वृद्धि गर्नेगरी काम गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले २०२३ मा १० लाख पर्यटक नेपालमा आगमन भएको भन्दै ३० देखि ३५ लाख पर्यटकलाई धान्नसक्ने क्षमताका पर्यटन पूर्वाधार बनेको भन्दै त्यति पर्यटक भित्र्याउने लक्ष्यकासाथ सरकार र निजी क्षेत्र अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।—न्युज एजेन्सी नेपाल