५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

‘एनिमल’ पछि जावेद अख्तरको निशानामा ‘जब तक है जान’

‘एनिमल’ पछि जावेद अख्तरको निशानामा ‘जब तक है जान’
अ+ अ-

एजेन्सी । दिग्गज गीतकार तथा लेखक जावेद अख्तर आफ्नो भावना व्यक्त गर्न हिचकिचाउँदैनन् । उनले भारतीय दर्शकहरूलाई धेरै प्रकारका उत्कृष्ट र अद्भुत कथाहरू दिएका छन् ।

हालै उनले सन्दीप रेड्डी वांगाको ‘एनिमल’ विरुद्ध आफ्नो विचार व्यक्त गरेका थिए । उनले फिल्मको सफलतालाई खतरनाक भनेका थिए । जावेद यहीँ रोकिएनन् । अब शाहरुख खानको ‘जब तक है जान’ उनको निशानामा आएको छ ।

जावेद अख्तर आजका चलचित्रहरूमा महिला सशक्तिकरणलाई जसरी देखाइन्छ त्यसबाट असन्तुष्ट छन् । उनले पहिले चलचित्र ‘एनिमल’ मा महिलाको प्रतिनिधित्वका बारेमा आफ्नो धारणा राखेका थिए भने अहिले निर्देशक यश चोपडाको ‘जब तक है जान’ मा एउटा संवादको बारेमा आफ्नो प्रतिक्रिया दिएका छन् ।

उनले आजका चलचित्रकर्मीले नारीको छवि बनाउन विभिन्न प्रयोग गरिरहेको बताए । तर उनीहरूलाई थाहा छैन कि वास्तविक बलियो महिला को हो । जावेद अख्तरले ‘जब तक है जान’ को उदाहरण दिए । उनले यस फिल्ममा अनुष्का शर्माको संवाद यस्तो छ– ‘विवाहअघि संसारभरका विभिन्न एक्सेन्ट भएका पुरुषसँग सुत्ने गर्छु ।’

जावेदले भने, ‘यति मिहिनेत गर्नुपर्ने के हो । यसमा उनीहरु आधुनिक महिला मात्र देख्छन् । बलियो महिला के भनिन्छ थाहा छैन । त्यसैले पनि महिलाले राम्रो भूमिका पाइरहेका छैनन् ।’

उनले फिल्ममा कुनै पनि विषयवस्तु नभएको बताए । समाज आफैं प्रष्ट नभएकाले सामग्री के हो भन्ने कुरा लेखक र चलचित्रकर्मीले बुझेका छैनन् । जनताले मन पराउने विषयवस्तुमा फिल्म बनाउन सकिँदैन । जावेद अख्तरले माधुरी दीक्षित र श्रीदेवीजस्ता अभिनेत्रीले ठूलो भूमिका नपाएको पनि जोड दिए । उनीहरुलाई ‘बंदिनी’, ‘सुजाता’ जस्ता फिल्मको अफर आएन ।