४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

हिमालय एअरलाइन्स् आइओएसए मा दर्ता हुने पहिलो नेपाली वायुसेवा

हिमालय एअरलाइन्स् आइओएसए मा दर्ता हुने पहिलो नेपाली वायुसेवा
अ+ अ-

काठमाडौ । नेपालको एक अग्रणी अन्तर्राष्ट्रिय वायुसेवा, हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरण गर्न पहलकदमी गरेको छ । २८ डिसेम्बर २०२३ मा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (IATA) द्वारा ३ मार्च २०२५ सम्म मान्य हुने गरीे प्राप्त IOSA प्रमाणीकरण एक कोसेढुङ्गाको रुपमा हिमालय एअरलाइन्स्ले उपलब्धि हासिल गरेको छ ।

“हिमालय एअरलाइन्स् प्रा.लि IOSA कार्यक्रम म्यानुअलको प्रावधान अनुसार IOSA अपरेशनल सेफ्टी अडिट प्रोग्राम IATA अन्तर्गत  IOSA अपरेटरको रूपमा सफलतापूर्वक दर्ता भएको छ ।”, उक्त प्रमाणपत्रमा लेखिएको छ ।

हिमालय एअरलाइन्स्का लागि IOSA प्रमाणीकरणले हिमालय एअरलाइन्स्ले यात्रुहरूलाई सुरक्षित र भरपर्दो यात्राको अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको पुष्टि गर्दछ । नेपालको पहिलो र एकमात्र IOSA  प्रमाणित वायुसेवाको रूपमा हिमालय एअरलाइन्स्ले हवाई सुरक्षाको आफ्नो प्रतिबद्धताका सम्बन्धमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । IOSA को यस कठीन परीक्षण प्रक्रियाले वायुसेवा सञ्चालनका विभिन्न पक्षहरूको मुल्याङ्कन गर्दै दक्षता, जोखिम व्यवस्थापन र समग्र कार्यसम्पादन सुधार भएको छ ।

सञ्चारमाध्यमलाई सम्बोधन गर्दै हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले आफ्नो उत्साह व्यक्त गर्दै भने, “यो कोसेढुङ्गाले नेपालको उड्डयन उद्योगमा सकारात्मक परिवर्तनको सङ्केत गर्छ । हवाई सुरक्षा र अपरेशनल उत्कृष्टताका लागि नयाँ आयामहरू स्थापित गर्दै यस क्षेत्रको उदाहरणका रूपमा नेतृत्व गर्न पाउँदा हामी गर्व गर्दर्छौं । यस प्रमाणीकरणले उच्च सुरक्षा मापदण्डहरू कायम राख्नका लागि हाम्रा निरन्तर प्रयासहरूलाई मात्र प्रमाणित गर्दैन, हामीलाई विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनिय वायुसेवाको रूपमा समेत स्थान दिन्छ । हामी आगामी वर्षहरूमा यस उपलब्धिलाई जारी राख्न तत्पर छौं ।”

यसै सिलसिलामा उड्डयन सुरक्षा तथा सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक श्री नविना कर्माचार्यले भन्नुभयो, “नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट, म हिमालय एअरलाइन्स्लाई हवाई सुरक्षाप्रतिको असाधारण समर्पणको लागि तथा प्रतिष्ठित IOSA प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा प्रशंसा व्यक्त गर्दछु । हिमालय एअरलाइन्स्को यो उपलब्धिले निश्चित रूपमा यात्रुहरूको विश्वासलाई सुदृढ गर्न तथा देशमा हवाई यात्राको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउँछ ।”

IATA अपरेशनल सेफ्टी अडिट IOSA अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसन (क्ष्ब्त्ब्) द्वारा वायुसेवाहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त परीक्षण कार्यक्रम हो, जुन अपरेशन सुरक्षा वृद्धि गर्ने र वायुसेवा उद्योगभित्र साझा सुरक्षा मानक प्रवद्र्वन गर्ने प्राथमिक लक्ष्यका साथ वायुसेवाको अपरेशन व्यवस्थापन र नियन्त्रण प्रणालीहरूको मुल्याङ्कन गर्नको लागि विकास गरिएको हो ।

यो प्रक्रियामा वायुसेवाहरूको नीति, प्रक्रिया र अभ्यासहरूको परीक्षण समावेश हुन्छ । यसमा कागजातहरुको मुल्याङ्कनका साथै साइटको समीक्षा समेत समावेश हुने गर्दछ । परीक्षणको सफलता र सबै निष्कर्षहरूको पालना पश्चात वायुसेवाहरूलाई क्ष्इक्ब् प्रमाणीकरण प्रदान गरिन्छ । तसर्थ, क्ष्इक्ब् दर्तालाई सुरक्षा उत्कृष्टताको चिन्हको रूपमा हेरिन्छ, जुन क्ष्ब्त्ब् सदस्यताको लागि पूर्व शर्त पनि हो ।