२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैरहवामा पूर्वराजा शाहले भने — जनताले आऊ देश बनाऊ, देश बचाऊ भनिरहेका छन्



अ+ अ-

भैरहवा: पूर्वराजा ज्ञानेन्द्र शाहले यहाँ आज आयोजित विशाल सभामा संवोधन गर्दै भन्नु भएको छ, ” जता जाउँ जहाँ पुगौं — जनआवाज उठेको सुन्छु — मलाई आउ हाम्रो देश बनाउ र देश
बचाउ — देशको सभ्यता र समृद्धि बढाउ ।

उहाँले भन्नुभयो,  यहाँ खडा भएर म भन्दछु — म बोलिरहेछु , देश
बनोस् , देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना इच्छा आकाँक्षा पोखिरहेछु । म कतै अन्त गएको छैन— सदा सदा नेपालीका साथमा छु — नेपाल भित्रै छु —नेपालीहरुको सुख दुःख, सुविधा असुविधा, बाधा पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियाली रहेको छु ।

उहाँले  अगाडि भन्नुभएको छ, समाज, कानून र व्यवस्था विना अस्तित्वमा रहनु हुँदैन । देश सुहाउँदो र बलियो आविष्कारहरु
मार्फत अगाडी बढ्नु पर्छ । तर आज देश जर्जर भएको छ । बेराजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं य्वुाजनशक्ति बिदेशिएको छ । देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर हाम्रो युवा जमात बाहिरिएको हो । यस्तो अवस्थाको अन्त हुनु पर्दछ । देशमै उत्पादन, उद्यम, इलम, सीप , शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्नुपरेको छ । देशलाई खोक्रो पार्ने गरि चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नै पर्दछ ।

राष्टिय उत्साह प्रतिभाको महान निवास हो । वीरता, पराक्रम, पुरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको हाम्रो गौरबशाली देश अहिले सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्नै — अपमानित जस्तो बन्दै गएको स्वाभिमानी जनताको अनुभूति छ । हाम्रा बुढापाका,
अनुभवीहरुको विचार भन्नु पर्दा हाम्रो राष्ट्रको अस्तित्व माथि आज खिया लाग्दै गइरहेको छ — हामी झन परावलम्बी, परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिदै गइरहेका छौं । हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन ।

सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचीरहेका छौं । नेपाल भित्र हुने र गरिने राजनीतिक तथा शासकीय परिवर्तनमा कुनै न कुनै प्रकारले दायाँ बायाँ, भित्रि तथा बाह्य शक्तिको टेको चाहिन्छ, भन्ने एउटा भाष्य पनि हामी कहाँ छ तर हामीलाई लाग्दछ —नेपाल राष्ट्रको एकिकरण देखि आधुनिकिकरण सम्मका यावत प्रकृयामा हामी नेपालीहरु कै बलबुता र आफ्नै राष्ट्रिय भावधाराबाटै सम्पादन भई आएका हुन । त्यसैले के गर्दा र के कस्तो
विधी व्यवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ, अनि कसप्रकार अघि बढ्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ — त्यो हामी आफैले तय गर्ने विषय हो । हामी सबैको दृढ प्रयत्न यसै अनुरुप हुनु पर्दछ भन्ने हामीलाई लाग्दछ ।

त्यसैले म भन्दछु , आउँ अब हामी सबै एकै ठाउँमा उभियौं अनि सोचौं र सबै कुराको समीक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गरौं । देश हामीले नै बनाउने हो — हाम्रै श्रोतसाधनको परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो ।

हामी मात्र ठीक अरु बेठीक हाम्रो बाटो मात्रै सुबाटो अरुको कुबाटो भन्ने द्धन्द, विग्रह, विवादबाट उठेर हामी नेपालको माटो र नेपाली बाटो समातेर हिडौं । हामी सबैको भविष्य, सुख शान्ति यसैमा छ ।

उहाँले आह्वान गर्दै भन्नु भएको छ :

विगतको सबै दुःख बिर्सिदेउँ ,
मायाले मायालाई भरिदेउँ,
घृणाको आगोलाई कर्त जलाइ देउँ,
पहिले यो आगोलाई मिलेर निभाइ देउँ,
भाग्यको सिमा हँदैन, हुनु पनि हुँदैन,
अब भाचिएको टुक्राहरु जोडी देउँ,
उत्पीडनको गुनासो कहिले सम्म सुन्ने,
पहिले अन्याय अत्याचार मुक्त गरिदेउँ,
अनुहार फेरि फेरी षडयन्त्र नगर,
त्यस्ताको चालबाट आफुलाई बचाइदेऊँ
सबैमा फेरि एकपटक हाम्रो धन्यवाद !




भर्खरै