२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गर्ने पाइलट बिरुद्ध मुद्दा दायर



अ+ अ-

काठमाण्डौ: नेपाल बायुसेवा निगमका पाइलट सम्राटबहादुर शाहको शैक्षिक योग्यताको प्रमाणपत्र झुटा भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

२०७१ सालमा जुनियर क्याप्टेनमा नियुक्त भई आठौँ तहको विमान चालक क्याप्टेनमा बढुवा भएका शाहको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो ।

शाहले भारतको उत्तर प्रदेशको भीएसजे इन्टरकलेज सरहरी गोरखपुरबाट प्रथम श्रेणीमा आईए पास गरेको भनेर बुझाएका कागजात नक्कली भएको पाइएको अख्तियारले जनाएको छ । उनले झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेर विमान चालकको हैसियतमा लाभ लिएर भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।