८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

मन्त्री नगएको भए दुर्घटना हुँदैनथ्यो- आइजिपी कुँवर

मन्त्री नगएको भए दुर्घटना हुँदैनथ्यो- आइजिपी कुँवर
अ अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बालकुमारीको बाटो हुँदै यात्रा गरेकैले दुई जनाको ज्यान जाने गरी घटना घटेको बताउनुभएको छ ।

मन्त्री उक्त मार्ग हुँदै यात्रा गर्दा प्रदर्शनकारी उग्र बनेको र दुई जनाको ज्यान जाने गरी घटना भएको भन्दै उहाँले बालकुमारीमा मन्त्रीको गाडी नगएको भए त्यो हदसम्मको घटना नहुने बताउनुभयो । राज्य व्यवस्था समितिको बैठकमा बालकुमारी घटनाबारे जानकारी महानिरीक्षक कुँवरले बालकुमारीमा गोली चलेको तर कतिबेला चलेको भन्ने एकिन नभएको बताउनुभयो ।

ईपीएस भाषा परीक्षार्थीहरुले गरेको प्रदर्शनमा पुस १३ गते बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो भने घटनामा दुई जना प्रदर्शनकारीको मृत्यु भएको थियो । मृतकमध्ये एक जनाको प्रहरीको गोलीबाट मृत्यु भएको थियो । अर्को एक जना मृतकको छातीमा बन्दुकको कुन्दाले हानेको जस्तो देखिने डाम थियो । “मन्त्रीको गाडी नआएको भए यस्तो घटना हुने थिएन, मन्त्रीलाई सुरक्षित राख्न बल प्रयोग गर्नुपरेको हो”, उक्त घटनाबारे संसदीय समितिलाई जानकारी गराउँदै महानिरीक्षक कुँवरले भन्नुभयो ।

उहाँका अनुसार तीन हजार युवा प्रदर्शनमा उत्रिएका थिए । उनीहरुसँगको झडपमा परी ८ जना प्रहरी घाइते भएको उहाँले जानकारी दिनुभयो । प्रहरीले रबरको गोली, हवाई फायर र अश्रुग्याँस प्रहार गरेको उहाँको भनाइ थियो । प्रदर्शन रोक्ने क्रममा साढे ११ बजे सामान्य बल प्रयोग भएको, ११ः५२ मा मन्त्री ज्वाला चढेको गाडी कोटेश्वरतर्फ जाँदै गर्दा बालकुमारीमा आइपुगेको र त्यो बेलामा पीएसओले फिल्डमा रहेका प्रहरीहरुसँग समन्वय नगरेको महानिरीक्षक कुँवरले बताउनुभयो ।

उहाँका अनुसार ११ः५४ मा हातपात हुने अवस्था आएपछि पिएसओले मन्त्रीलाई सुरक्षित स्थानमा लगेको र १२ बजे मन्त्रीको गाडीमा आगजनी भएको थियो ।