११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण

कर्मचारीहरुलाई ‘ग्राउण्ड ह्याण्डलिङ’ को कुरा नउठाउन मन्त्री किराँतीको निर्देशन

कर्मचारीहरुलाई ‘ग्राउण्ड ह्याण्डलिङ’ को कुरा नउठाउन मन्त्री किराँतीको निर्देशन
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङको विषयमा कुनैपनि कुरा नउठाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

आईतवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री किराँतीले ग्राउण्ड ह्याण्डलिङको विषयमा कर्मचारीहरुले अनावश्यक चासो राखेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

उहाँले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङको विषय सरकारको निर्णयको कुरा भएको भन्दै कर्मचारीहरुले अनावश्यक कोकोहोला गर्नु आवश्यक नभएको बताउनु भयो । उहाँले ग्राउण्ड ह्याण्डलिङको कुरा प्रधानमन्त्री र देशका ठूला राजनीतिक दलहरुको सरोकारको विषय भएको भन्दै कर्मचारीलाई यस विषयमा नबोल्न निर्देशन दिनुभएको हो । उहाँले देशलाई वायुसेवा निमग चाहिने र त्यसलाई बचाउनका लागि ग्राउण्ड ह्याण्डलिङ पनि चाहिने स्पष्ट पार्नुभयो । कर्मचारीले यस विषय उठाएमा नीति र नेतृत्वमाथिको हस्तक्षेप हुने उल्लेख गर्दै मन्त्री किराँतीले कुरा उठाएमा राम्रो नहुने चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो – ‘यहाँ वायुसेवा निगमको बारेमा बिना प्रशंग बढी किन कुराहरु उठ्छन् ? के तपाईहरु नीति निर्माता हो ? जानुहोस् आन्दोलन गर्नुहोस् । प्रधानमन्त्रीसँग डेलिकेशन गर्नुस् र अनुमति लिएर आउनुहोस् । वायुसेवा निगम राख्ने कि नराख्ने भन्ने यो सरकारको निर्णयको कुरा हुन्छ । यसमा त अझ राष्ट्रिय सहमतिको कुरा हुन्छ । पटक–पटक तपाईहरु किन वायुसेवा निगमको कुरा उठाउनुहुन्छ यहाँ ? हो त्यो सच्चिनुपर्छ । सुधार्नुपर्छ । विकास गर्नुपर्छ । हामीलाई पनि थाहा छ । तर वायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङ लिने कि नलिने भन्ने प्रश्नमा किन तपाईहरु ठूलो–ठुलो धुवाँ उडाउनुहुन्छ ? कोकोहोलो गर्नुहुन्छ ? आजदेखि बन्द गर्नुहोस् । यो प्रधानमन्त्रीको सरोकारको कुरा हो । देशका सबै ठूलो राजनीतिक दलहरुको सरोकारको कुरा हो । वायुसेवा निगम अहिले चाहिन्छ ।’

‘त्यसलाई बचाउनको निम्ति ग्राउण्ड ह्याण्डलिङ चाहिन्छ । यही नै हो बटम लाइन कुरा । भोलि अर्को निर्णय नभइन्जेल सम्म अन्यथा यहाँहरुले यस विषयमाथि कुरा उठाउनुभयो भने त्यो नेतृत्वमाथि, नीतिमाथिको हस्तक्षेप हुन जान्छ । त्यो सह्य हुँदैन । आजको दिनदेखि यो अन्त्य, पूर्णविराम हुनुपर्छ । यो कुरा नउठाउनका लागि म गम्भिरताका साथ तपाईहरुलाई निर्देशन गर्छु । अन्यथा यति गरेर पनि तपाईहरुले उठाउनुभएछ भने त्यो राम्रो हुँदैन भन्नेकुरा तपाईहरुले बुझ्नुहोला । वायुसेवा निगमको जिवन नै ग्राउण्ड ह्याण्डलिङ छ त । डुब्यो त अब, मैले डुबाएको हो आएर ? कसै एउटा नेतृत्वले आएर डुबाएको हो ? हुनुपथ्र्यो त हामीपनि राम्रो हुनुपथ्र्यो । हुन सकेका छैनौँ । सच्याउँ । त्यसको पुन:संरचना गरौँ । या विधि, विधानमा के–के समस्याहरु हुन्छन् तिनीहरुलाई सच्याउँला । तर नीति र नेतृत्वभन्दा माथि गएर जब तपाईहरुले कुरा उठाउनुभयो भने यो राम्रो हुँदैन भन्नेकुरा कडाइका साथ म भन्न चाहन्छु ।’

मन्त्री किराती कर्मचारी ट्रेड युनियनका नेताहरुमाथि समेत खनिनु भयो । उहाँले कर्मचारीहरुले धेरै नीतिगत कुरा गरेको भन्दै भाषण गर्ने कर्मचारी नै प्रधानमन्त्री हो कि जस्तो लागेको भनेर व्यंग्य गर्नुभयो । उहाँले नीतिको चिन्ता प्रधानमन्त्री, मन्त्रीहरुले गर्ने भन्दै नेतृत्वले बनाएको नीतिमा कर्मचारीहरु हिँड्नुपर्ने बताउनु भयो । उहाँले कर्मचारीहरुलाई आफ्नो परिधिभित्र बस्न र नीतिमाथि हस्तक्षेप नगर्न दिर्नेशन समेत दिनुभयो ।

उहाँले भन्नुभयो – ‘नीतिको प्रश्न धेरै उठाउनु भयो । लामो भाषण गर्नुभयो । म त झुक्किएँ पनि, प्रधानमन्त्री पो आएर बोल्नुहुदो रहेछ । पटक–पटक उहाँलाई हेरेँ । तर उहाँ त प्रधानमन्त्री होइन । नीतिको कुरा प्रधानमन्त्री, मन्त्री नेतृत्वले चिन्ता गर्छ । नेतृत्वले निर्माण गरेको नीतिको बाटोमा संस्थाहरु, कर्मचारीहरु हिँड्न सक्नुपर्छ । अन्यथा त्यसलाई अर्को अर्थ लाग्छ । अन्यथा त्यसलाई अनुशासन भनिदैन । अराजकता भनिन्छ । त्यसकारण नीतिमाथि तपाईहरुले धेरै चिन्ता नगर्नुस् । राज्यको बनाएको नीतिको बाटोमा इमान्दारपूर्वक अनुशासितपूर्वक देशको राष्ट्रसेवक भएर हिँड्नुस् । यदि राजनीति नै हामीले गर्ने हो भने त सबै कुरा छोडेर हामीजस्तो फिल्डमा आउनुपर्छ । त्यसकारण आफ्नो मर्यादाभित्र हामी बस्नुपर्छ । संगठनको अधिकार, कर्मचारीको हकहितको बारेमा कुरा अर्कै हो । तर नीतिमाथि हस्तक्षेप गर्नेगरी जसले प्रश्तुत हुन्छ, त्यो कर्मचारीको परिधिभित्र प्रश्न उठ्छ । त्यसकारणले आजैबाट यहाँहरुलाई यस्ता क्रियाकलाप बन्द गर्न कडाइका साथ निर्देशन गर्दछु ।’

मन्त्री किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणको तीनवटा तत्कालिन कार्याभार रहेको बताउनु भयो । उहाँले यात्रुहरुको सुरक्षा गर्नु पहिलो कार्यभार रहेको उल्लेख गर्दै ईयुले पठाएको कालोसूचीबाट हटाउन सुधार गर्नुपर्ने १२ बुँदा अक्षरश: पालना गर्नुपर्ने दोस्रो कार्यभार रहेको बताउनु भयो । त्यस्तै यात्रुमैत्री वातावरण बनाउनु तेस्रो कार्यभार रहेको उहाँको भनाई छ । उहाँले न्युनतम स्रोत, साधनको उच्चतम प्रयोग गरेर विमानस्थललाई राम्रो बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अबको हाम्रो तत्कालिन कार्यभार तीनवटा छ । पहिलो कुरा हाम्रो कार्यभार सुरक्षा हो । सुरक्षाबाहेक हामीले अर्को कुरा सोच्न पनि सक्दैनौँ । हामीले मान्छेको जिन्दगीसँग खेलवाड गर्न सक्दैनौँ । देशको इज्जतबाट हामी तलमाथि हुन पनि सक्दैनौँ । दोस्रो, भर्खरै अडिट सकेपछाडी ईयुले पठाएको १२ बुँदेलाई अक्षरश: कडाइका साथ पालना गर्ने हाम्रो कार्यभार हो । र हामीले हाम्रो देशको लागेको कालोसूचि अर्थात हाम्रो देशमाथि उठेको प्रश्नको जवाफ दिनु हो । तेस्रो, यात्रुमैत्री वातावरण बनाउनु हो । यात्रुमैत्री वातावरण बनाउने, न्युनतम स्रोत, साधनको उच्चतम प्रयोग गरेर हाम्रो देशको अनुहार हो एयरपोर्ट । एयरपोर्टमा दाग नदेखाउनेगरी हामी लाग्नुपर्छ । आजको हाम्रो पहिलो कार्यभार हो ।’

मन्त्री किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, भैरहवा र निजगढको विमानस्थल पीपीपी मोडलमा निर्माण गरिने पनि बताउनु भयो ।