५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकुमारी घटनालाई लिएर सुर्खेतमा आन्दोलन, वीरेन्द्रनगरको मुख्य सडक चक्काजाम



अ+ अ-

सुर्खेत । शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनालाई लिएर आइतबार सुर्खेतमा पुन: आन्दोलन चर्किएको छ ।

बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएपछि ‘युवा विद्रोही’ समूहले आइबार वीरेन्द्रनगरको मुख्य सडक चक्काजाम गर्दै आन्दोलन गरेका हुन् ।

अहिले रत्न राजमार्ग अन्तर्गत एरिचोक–मंगलगढी चोकको अवस्था तनावग्रस्त भएको छ । दिउँसो १२ बजेदेखि टायर बालेर आन्दोलन सुरु गरेपछि सवारी साधनहरू ठप्प पारिएको छ । आन्दोलनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन् । साथै, मृतक युवाहरूलाई सहिद घोषणासहित पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालन पालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने माग राखेका छन् ।

आन्दोलन भइरहेको ठाउँमा प्रहरी तैनाथ भइरहेको छ ।