२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरेक दिन एक घण्टा शास्त्रीय संगीत सिक्दैछन् आमिर खान



अ+ अ-

एजेन्सी । ‘मिस्टर परफेक्शनिस्ट’ आमिर खानको नाम फिल्महरूमा आफ्नो भूमिकाको लागि तयारी गर्न सबै प्रयास गर्ने अभिनेताहरूमा शीर्षमा आउँछ ।

आफ्नो व्यक्तिगत जीवनमा पनि आमिरले विभिन्न शौकका माध्यमबाट आफ्नो सीप बढाउँदै आएका छन् । अहिले आमिरले शास्त्रीय संगीत सिक्न थालेका छन् र दैनिक अभ्यास गरिरहेका छन् ।

इटाइम्सको रिपोर्ट अनुसार आमिरले हरेक दिन एक घण्टा आफ्नो गायनमा समय दिइरहेका छन् । उनले शास्त्रीय संगीत शिक्षकबाट दैनिक एक घण्टा कक्षा लिने र शास्त्रीय संगीतको अभ्यास पनि गरिरहेका छन् ।

तर, आमिरले यो शौकका रूपमा गरिरहेका छन् वा उनको अर्को फिल्मको तयारीसँग सम्बन्धित छन् भन्ने कुरा अहिलेसम्म पुष्टि भएको छैन । केही रिपोर्टमा उनी गुलशन कुमारको बायोपिक ‘मगुल’ को तयारीमा रहेको बताइएको छ ।