५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्छ: मन्त्री किराँती



फाईल फोटो
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताउनुभएको हो । उहाँले आगामी १० वर्षभित्रमा यो विमानस्थलमा धेरै असहजता निम्तिने बताउनु भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बनाउँदापनि अब समयको माग अनुरुपको परिणाम दिन नसक्ने उहाँको भनाई छ । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ विमानस्थल भएको बताउनु भयो । उहाँले पोखरा, निजगढ, भैरहवा र काठमाडौंको विमानस्थललाई पीपीपी मोडलमा लानेगरी प्रक्रिया अगाडी बढाएको पनि बताउनु भयो । उहाँले अहिले विमानस्थलहरु घाम तापेर बस्नुपरेको बताउनु भयो । त्यस्तै दुर्गम क्षेत्रमा रहेका २२ वटा विमानस्थलहरु पनि गौरचणको रुपमा परिणत भएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले यति ठूलो एयरपोर्टहरु बनाइसकेका छौँ । ति एयरपोर्टहरु अहिले घाम तापेर बसेको छ । दुर्गम क्षेत्रको पनि २२ वटा एयरपोर्टहरु आज गौचरणको रुपमा परिणत भएको छ । काठमाडौंकै कुरा गर्नुहुन्छ भने अब ८/१० वर्षमा काठमाडौंमा धेरै नै ठूलो असहजता हुनेछ । अहिले नै पनि हामी ४५ मिनेटसम्म आकाशमा होल्ड गर्नुपर्ने जुन बाध्यता छ । जतिसुकै काठमाडौंको एयरपोर्टलाई बनाउँदाखेरी पनि यसले परिणाम अबको समय अनुसार दिन सक्दैन । मैले उदाहरणको रुपमा सधैँ भन्दै पनि गरेको छु, ९० वर्षको आमालाई लिपस्टिक, पाउडर लगाइदिएर राम्री बनाउनुजस्तै हो काठमाडौंको एयरपोर्ट अब बनाएर चलाउँछु भन्नुचाहीँ । त्यसकारणले यसको विकल्प हामीले खोज्नैपर्छ । यसको विकल्प भनेको निजगढ नै हो । अब हामी चारैवटा एयरपोर्टलाई निजगढ पनि बनाउने कति वर्षमा बनाउनुपर्ने, बनाएन भने के गर्ने, हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि त्यही बास्केटमा र भैरहवालाई पनि त्यही बास्केटमा लगाएर पीपीपी मोडलमा लाने गरी प्रक्रियाहरु अगाडी बढाउँछौँ । उसरी गर्दा अर्को बहश पनि आउँला त्यसको सामना गरौँला । औचित्य साबित गरौँला । म समिति समक्ष गम्भिरताका साथ के अनुरोध गर्न चाहन्छु भने, अब हामीले पुरानो राष्ट्रवादको रक्सी पिएर मातेर बस्नु हुँदैन । आजको राष्ट्रवादको जगमा उभिएर हाम्रो गरिबीको अन्त्य गर्ने, हाम्रो सारा अभावको अन्त्य गर्ने, नुन, पानी र रोटीको ग्यारेन्टी गर्ने आजको राष्ट्रवाद हामीलाई चाहिएको छ । हिजोजस्तै जनताहरु रोजगार नपाएर, खान नपाएर मरिरहने राष्ट्रवाद आजको राष्ट्रवाद हुन सक्दैन ।’

मन्त्री किरातीले युरोपियन युनियनले नेपाललाई कालोसूचिमा राख्नका कारण १२ बुँदामा लेखेर पठाएको भन्दै सो बुँदा सच्याएमा कालोसूचिबाट हटाउने बताउनु भयो । उहाँले सो १२ बुँदा अनुरुप सच्याउनका लागि कार्यान्वयनको चरणमा अगाडी बढेको बताउनु भयो ।