२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारद्वारा २०८१ सालमा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण



अ+ अ-

काठमाडौँ । सरकारले गहुँको न्युनतम समर्थन मुल्य ३ हजार ६५० रुपैयाँ १४ पैसा तोकेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि गहुँको न्युनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ १४ पैसा निर्धारण गरेको हो ।

बैठकले नेपाल–चीन व्यापार तथा भुक्तानी सम्झौता १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न नेपालको तर्फबाट वन मन्त्रालयका सहसचिवको संयोजकत्वमा संयुक्त प्राविधिक कार्यदल गठन गर्ने पनि निर्णय गरेको छ । त्यसैगरी, झुटा विववरण पेश गरी जिल्ला प्रशासन कार्यालय, सिराहाबाट प्राप्त गरेका ६ वटा नेपाली नागरिकताको प्रमाणपत्रहरु रद्द गरी निजहरुलाई नेपाली नागरिकबाट हटाउने निर्णय पनि भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्ले मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेललाई फिलिपिन्सका लागि गैरआवासीय राजदुत तोक्ने निर्णय गरेको पनि जानकारी दिनुभयो । त्यसैगरी नेपाली सेनाका दुई जना सहायक रथीलाई उपरथी दर्जामा र नौ जना महासेनानीलाई सहायक रथी दर्जामा बढुवा गर्ने निर्णय पनि भएको उहाँले बताउनु भयो ।

मन्त्री शर्माकाअनुसार काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको सडक खण्ड निर्माणको लागि संलग्न शर्तहरुको पालना गर्ने गरी मकवानपुर र बारा जिल्लाको राष्ट्रिय वनको कुल जम्मा ४०.१९ हेक्टर जग्गा प्रयोग गर्न र सो वनमा रहेका ४ हजार ३४५ गोटा रुख/पोल कटान गर्न स्वीकृति दिने निर्णय पनि भएको छ । त्यस्तै मन्त्रिपरिषद्ले स्वप्न बगैँचा विकास समितिको रिक्त दुई सदस्यमा श्रृजना मल्ल राणा र लोकभक्त समशेर जबरालाई मनोनयन गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गर्ने र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को रिक्त सदस्यसचिव पदमा महेश भट्टराईलाई तोक्ने निर्णय पनि भएको छ । सरकारले वि.सं. २०८१ सालमा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण पनि गरेको छ । बैठकले संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणको लागि जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८० पनि स्वीकृत गरेको छ ।

त्यसैगरी पुस ५ गतेको मन्त्रिपरिषद्ले नेपाल विशेष सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु व्यवस्था गर्ने सम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्ने सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको पनि मन्त्री शर्माले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २ को खण्ड(ख) को प्रयोजनको लागि राष्ट्रिय जनगणना, २०७८ को कुल जनसंख्याको ०.५ प्रतिशतभन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाति(दलित बाहेक)लाई अल्पसंख्यकको रुपमा तोक्ने निर्णय भएको पनि जानकारी दिनुभयो । त्यसैगरी मन्त्रिपरिषद्ले गोरखापत्र संस्थानको व्यवस्थापन, आर्थिक एवं प्रिन्टिङ सल्लाहकारमा रामकृष्ण अधिकारीलाई नियुक्त गरेको छ भने गोरखापत्र संस्थानको कानूनी सल्लाहकारमा सुशीला चौधरीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्ले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० स्वीकृत गर्ने र अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रको व्यवस्थापकीय जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिने निर्णय पनि गरेको छ ।