४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

गाम्फा धुरी ओझेलमा

गाम्फा धुरी ओझेलमा
अ+ अ-

म्याग्दी । पर्यटकीय सम्भावना बोकेको म्याग्दीको मङ्गला गाउँपालिका–४ र बाग्लुुङको ताराखोला गाउँपालिका–३ को सिमानामा रहेको गाम्फा धुरी ओझेलमा परेको छ । हिमाल र पहाडी भूूगोलका साथै सूर्योदयको अवलोकन गर्न उपयुुक्त स्थान भए पनि पूूर्वाधार र प्रचारप्रसारको कमीले गाम्फाधुुरीमा पर्यटक भित्रन नसकेका हुुन् ।

पूर्वी रुकुमको चुरेनदेखि गुर्जा, धवलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे«्र हुँदै गोर्खामा रहेका मनास्लुसहितका २० भन्दाबढी हिमशृङ्खला अवलोकन गर्न सकिने गाम्फाधुुरी सुुनसान छ । म्याग्दी, बागलुङ, पर्वत र कास्की जिल्लाकासमेत अधिकांश ग्रामीण बस्ती देख्न सकिने गाम्फाधुरीमा स्वामी परमानन्द महाराजले तपस्या गर्नेक्रममा बनाएको कुटी, साधनास्थल र हवनकुण्डको भग्नावशेष देख्न सकिने मङ्गला गाउँपालिका–४ का वडा सदस्य होममाया पुुनले बताउनुुभयो ।

“व्यवस्थित पदमार्ग, खाने, बस्ने सुविधा, खानेपानी, विद्युत् सुुविधाविहीन गाम्फाधुुरीको सौन्दर्य र विशेषता स्थानीयस्तरमा सीमित हुुँदा ओझेल परेको हो”, उहाँले भन्नुुभयो, “घना जङ्गलको बीचमा रहेको अग्लो पहाडको टुप्पो, गाम्फा धुरीको सौन्दर्यको वर्णन गरिसाध्य छैन ।” गाम्फाधुरीमा परापूर्वकालमा स्वर्गद्वारीबाट आउनुभएका १००८ स्वामी परमानन्द महाराजले तपस्या गर्नुुभएको थियो । बस्तीदेखि टाढा रहेको गाम्फाधुुरीमा तपस्वीले ढुङ्गा खोपेर पानी सङ्कलन गर्न बनाएको संरचना छ ।

तपोभूमि क्षेत्रका ऐतिहासिक संरचनाको दृश्यावलोकन र प्राकृतिक सुन्दरताले मोहित बनाउने बेनीका अमित विश्वकर्माले बताउनुुभयो । “सूर्योदय र सूर्यास्तको सुन्दर दृश्यले मोहित बनायो”, उहाँले भन्नुुभयो, “यस क्षेत्रको जङ्गलमा विभिन्न प्रजातिका लालीगुराँस, वनस्पति, विभिन्न चराचुरुङ्गी र जनावर पनि अवलोकन गर्न पाइन्छ ।”

गाम्फाधुरीमा पूर्वाधार निर्माण, आध्यात्मिक र धार्मिक क्षेत्रको विकास गर्न, ऐतिहासिक तपोभूमिको संरक्षण तथा प्रवद्र्धनमा जनप्रतिनिधिले चासो देखाएका छन् । मङ्गला गाउँपालिका–४ का वडाध्यक्ष लालबहादुुर रोकाले ऐतिहासिक तपोभूमिको संरक्षण, पूर्वाधार निर्माण र प्रवद्र्धन गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न वडाले पहल थालेको बताउनुभयो ।

“गाम्फाधुरी प्राकृतिक सुन्दरतासँगै ऐतिहासिकस्थल हो”, उहाँले भन्नुभयो, “यहाँ भग्नावशेषमा परिणत भएका संरचनाको संरक्षण, पूर्वाधार निर्माण र प्रवद्र्धन गरेर तपस्वी, भक्तजन र पर्यटक भित्र्याउन सकिन्छ ।”

विसं २०१७ देखि २०२७ सम्म गाम्फाधुरी बस्नुभएका स्वामी परमानन्दबाट स्थानीय छविप्रसाद शाहनन्द लामिछाने र खड्कप्रसाद रोकाले पनि शिक्षा प्राप्त गर्नुभएको थियो । उहाँले २०१८ सालमा सोही वडाको दुर्दिमा शिवालय मन्दिर स्थापना गर्नुभएको थियो । तपोभूमि क्षेत्रमा मन्दिर, स्वामी परमानन्दसहित उहाँका चेलाहरू छविप्रसाद र खड्कप्रसादको मूर्ति बनाउने वडा कार्यालयको योजना छ ।

“गाम्फाधुरीलाई धार्मिक र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सडक निर्माण, खानेपानी, पदमार्ग निर्माण, तपोभूमिमा पूर्वाधार निर्माण र प्रवद्र्धनका लागि गाउँपालिका, प्रदेश र सङ्घ सरकारका सम्बन्धित कार्यालयसमक्ष बजेटको माग गरेका छौँ”, वडाअध्यक्ष रोकाले भन्नुभयो ।

गाउँपालिकाका सब–इञ्जिनियर धनबहादुर बोहराले तपोभूमि क्षेत्रको संरक्षण, गाम्फाधुरीसम्म पूर्वाधार निर्माण, सडक र पदमार्ग निर्माणका लागि ठूलो रकम आवश्यकपर्ने बताउनुभयो । गाम्फाधुरीमा पूर्वाधार निर्माणका लागि प्रदेश तथा सङ्घ सरकारसँग बजेटको माग गर्नलाई हाल वडा कार्यालयले सर्वेक्षण गरेको उहाँले बताउनुभयो ।

म्याग्दीको सदरमुकाम बेनीबाट तातोपानी हुँदै मङ्गला–४ बुकेनीमा सवारी साधनमार्फत एक घण्टाको यात्रा र बुकेनीबाट करिब साढे तीन घण्टाको पैदलयात्रामार्फत गाम्फाधुरी पुग्न सकिन्छ । त्यस्तै मङ्गला–३ को झाँक्रीपानी भएर पनि उक्त स्थानमा पुग्न सकिन्छ । रासस