२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोर्चाको बैठकमा विप्लवको असन्तुष्टि: सहमति र घेराबन्दीको दोहोरो चरित्र चल्दैन



अ+ अ-

काठमाडौँ । बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको समाजवादी मोर्चाको बैठक सकिएको छ । बैठक पुन: आजै साँझ ६ बजे बस्ने गरी सकिएको नेकपाका महासचिव नेत्रविक्रम चन्दले जानकारी दिए ।

बैठकमा पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक वर्षको सामान्य समीक्षा भएको र विप्लवसहितका नेताविरुद्ध जारी पक्राउ पुर्जीबारे छलफल भएको छ ।

विप्लवले अदालतको पूर्जी र सरकारसँग भएको सहमतिका विषयमा ध्यानाकर्षण गराइएको बताए । सरकारले सहमति र घेराबन्दी गर्ने चित्र देखाएको आरोप लगाउदै उनले भने, ‘सरकारका कामहरूको बारेमा छलफल सुरु भएको छ । पक्राउ पुर्जीबारे पनि छलफल सुरु भएको छ । सरकार सहमति पनि गर्ने घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन् तर यो चल्दैन ।’