८ श्रावण २०८३, शुक्रबार
,
Latest
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा रहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको दाबी प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र कम्युनिस्टहरू सत्ता केन्द्रित हुँदा वैरीले दीर्घकालीन रणनीति बनाए : प्रचण्ड प्रचण्डको आह्वान– प्रतिक्रान्तिको प्रतिवाद गर्न वामपन्थीले साझा कार्यक्रम बनाउनुपर्छ शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री बाग्मती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा ‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’ ट्राफिक एफएम १५ औँ वर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्तिपुर टिभीमा पाठक ‘आउट’, पौडेल ‘इन’



अ+ अ-

एजेन्सी । कान्तिपुर टेलिभिजनले सम्पादकीय नेतृत्वमा हेरफेर गर्ने भएको छ । प्रधान सम्पादक दिलभुषण पाठकले पदबाट राजीनामाको घोषणा गरेसँगै कान्तिपुर व्यवस्थापनले नयाँ प्रधानसम्पादकको रूपमा विजय पौडेललाई ल्याउने तयारी गरेको छ ।

प्रधानसम्पादक पाठकले व्यवस्थापनबाट केही प्रतिबद्धता पूरा हुनेबित्तिकै राजीनामा बुझाउने बताएका छन् । पाठकले २०७८ भदौमा कान्तिपुर टिभीको प्रधान सम्पादकको जिम्मेवारी सम्हालेका थिए । सम्पादकको रूपमा पाठकको यो दोस्रो कार्यकाल हो ।

पाठकले ‘टफ टक’ टेलिभिजन कार्यक्रम चलाउँदै आएका थिए । यसअघि कान्तिपुर टिभीमै काम गरेका पौडेल प्रधान सम्पादकको जिम्मेवारीका रुपमा तीन–चार दिनमा काममा जाने बुझिएको छ ।

 




भर्खरै