२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरिमा श्रीलंकाली राजदूतको जिपलाइनिङ र स्काई साइक्लिङ (फोटो फिचर)



अ+ अ-

काठमाडौं । नेपालका लागि श्रीलंकाका राजदूत शुदर्शना के पाथिराना नेपाल भ्रमणमा रहेका श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीलाई लिएर शुक्रबार चन्द्रागिरी पुग्नुभएको थियो । त्यसक्रममा विदेशमन्त्री खुबै रमाउनुभयो, सेल्फी लिनुभयो केबलकार चढ्नुभयो र फर्कनुभयो ।

तर राजदूत पाथिरानालाई त्यहाँको सुन्दरतामा रमाउन पुगेनछ । चन्द्रागिरिले उहाँलाई यति धेरै मोहित बनाएछ कि परराष्ट्रमन्त्री साब्रीलाई बिदाई गरेपछि उहाँ शनिबारै सपरिबार पुन: चन्द्रागिरी पुग्नुभयो ।

उहाँको त्यो चाखलाई शुक्रबार र शनिबार मौसमले पनि साथ दियो । काठमाडौंं उपत्यका, चित्लाङ र यहाँबाट देखिने हिमशृंखलाले उहाँ मोहित हुनुभयो । यससँगै राजदुत साब्रीले जीपलाइन, स्काई साइकिलिङ , स्वीङ्गको आनन्द बडो मज्जाले लिनुभयो ।

पहिले सैनिक सेवामा रहेका उहाँलाई यस्ता खेलकूद तथा साहसिक पर्यटनमा खुब शाेख रहेछ । शनिबार न्युजपोलारका प्रतिनिधि चन्द्रागिरि पुगेका बेला उहाँले भन्नुभयो– अलौकिक ठाउँ रहेछ, मलाई थाहा थिएन । आज विदाको दिन पुन: आएँ ।

उहाँ सैनिक सेवापछि कुटनीतिज्ञका रुपमा करिब दुईसाता अघि मात्र नेपाल आउनु भएको हो । सपरिवबार त्यहाँ पुग्नुभएका साब्रीको आइतबार बिहान हाईकिङमा जाने तयारी छ ।

राजदूतपाथिरानालाई त्यहाँको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका बारेमा चन्द्रागिरी हिल्सका निमित्त महाप्रबन्धक श्याम तण्डुकारले जानकारी गराउनुभएको थियो ।

चन्द्रागिरि हिल्स दक्षिण एशियाकै एक महवपूर्ण पर्यटकीय र धार्मिक गन्तव्यका रुपमा विकास भइरहेको छ । सो हिल्समा केबलकार चढेर यसअघि पनि विभिन्न देशका सरकारप्रमुख तथा राष्ट्राध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यक्तित्वहरु पुग्नुभएको छ ।

यसअघि यहाँ चिनियाँ विदेश मन्त्री वाङ यी पनि पुग्नुभएको थियो । विदेशमन्त्री यीले यहाँबाट केही तलसम्म ट्रेकिङ पनि गर्नुभएको थियो ।




भर्खरै