५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वभर कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि



symbolic photo
अ+ अ-

नयाँदिल्ली ।पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।

डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ, “पछिल्लो २८ दिनमा कोभिड सङ्क्रमितको मृत्यु सङ्ख्या आठ प्रतिशतले कमी आई विश्वभर कूल तीन हजारभन्दा बढी थप मृत्यु भएको छ ।

डिसेम्बर १७ सम्ममा कोभिड–१९ सुरु भएयता विश्वभर ७७ करोड २० लाखभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन् भने करिब ७० लाख कोभिड सङ्क्रमित व्यक्तिको मृत्यु भइसकेको छ ।

कोभिड–१९ का एक लाख १८ हजार भन्दा बढी नयाँ अस्पताल भर्ना भएका र एक हजार ६०० भन्दा बढी नयाँ सघन उपचार कक्ष ९आइसियु० मा भर्ना भएका डब्लुएचओले जनाएको छ ।

डब्लूएचओले मानिसहरूलाई उपलब्ध सबै उपकरणहरू प्रयोग गरेर सङ्क्रमण र गम्भीर रोगबाट बच्न उपायहरू अपनाउन सल्लाह दिएको छ । यसमा भीडभाड, बन्द वा हावा नचल्ने ठाउँमा मास्क लगाउने, अरूबाट सुरक्षित दूरी कायम गर्ने, श्वासप्रश्वाससम्बन्धी नियम पालना गर्ने, खोक्दा र हाच्छ्युँ गर्दा नाक मुख छोप्ने, नियमित रूपमा हात सफा गर्ने, कुनै लक्षण देखिएमा वा कोभिड–१९ वा इन्फ्लुएन्जा भएको व्यक्तिको सम्पर्कमा आएको भए परीक्षण गर्ने जस्ता विषय समावेश छन् । रासस