२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रवर्द्धनका लागि ‘बौद्ध सञ्चार यात्रा’



अ+ अ-

भैरहवा । लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भैरहवाबाट लुम्बिनीसम्म पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रेस क्लबको नवौँ स्थापना दिवसका अवसर पारेर आज ‘बौद्ध सञ्चार यात्रा’ सम्पन्न भएको हो ।

त्रिपिटकमा पनि ‘बौद्ध सञ्चार यात्रा’को वर्णन गरिएको बताउँदै यसैको अनुशरण गर्दै एक सय ५० जनाभन्दा बढीको सहभागितामा भैरहवाबाट लुम्बिनीसम्म करिब २४ किलोमिटर पदयात्राको आयोजना गरिएको लुम्बिनी प्रेस क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझीले जानकारी दिनुभयो ।

“क्लबको स्थापना दिवसका अवसर पारेर कार्यक्रम गरिए पनि यसले समग्र लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने हाम्रो अपेक्षा रहेको छ”, रायमाझीले भन्नुभयो, “यो हामी यसै क्षेत्रमा बस्ने सञ्चारकर्मीहरूको दायित्व पनि हो ।”

लुम्बिनी पुगेका सञ्चारकर्मीलगायत टिमलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्यारक्याल लामाले लुम्बिनी संसारको शान्ति स्थापनाको मुख्य स्रोत लुम्बिनी भएको बताउनुभयो । बुद्धको जन्मस्थल मात्र नभई बुद्धका उपदेश पनि यहीँबाट उदय भएको उहाँले बताउनुभयो ।

“लुम्बिनी अहिले नेपालको मात्र नभई यसको अन्तर्राष्ट्रियकरण भइसकेको छ”, उहाँले भन्नुभयो, “विश्व सम्पदा सूचीमा सूचीकृत भएको यो स्थल शान्तिगामीहरूको लागि साझास्थल हो ।” यसमा लुम्बिनी प्रेस क्लबको यात्राले समग्र नेपालीलाई लुम्बिनीको प्रचार–प्रसारमा थप सहयोग गर्ने उहाँले बताउनुभयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पत्रकार सञ्चारकर्मसँगै लुम्बिनीको पर्यटनका लागि गरेको कार्य सराहनीय रहेको बताउनुभयो । ‘पर्यटनका लागि शान्ति, शान्तिका लागि आध्यात्मिक मौल यात्रा’ नारा दिइएको पदयात्रा भैरहवाको लुम्बिनी गेटबाट सुरु भई मायादेवी मन्दिरमा समापन भएको थियो । रासस