५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिग फुटबलः झापाले धनगढीलाई हरायो



अ+ अ-

काठमाडौँ: राजधानीमा जारीे दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितामा झापा एफसीले धनगढी एफसीलाई पराजित गर्दै विजयी भएको छ ।

दशरथ रङ्गशालामा सम्पन्न खेलमा झापाले धनगढीमाथि २–० गोलको जित निकाल्दै विजयी भएको हो । झापाका लागि अञ्जन विष्ट र समिराज ठोकरले गोल गरे । खेलको ५३औँ मिनेटमा झापाका कप्तान विष्टले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । उनले छिरिङ लामाको क्रसमा हेड  गरेर गोल गरेका थिए ।

त्यसैगरी खेलको ७७औँ मिनेटमा झापाका समिराजले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । खेलको ७९औँ मिनेटमा झापा १० खेलाडीमा सीमित भएको थियो । खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका धिरज थजालीले साइमन लिम्बूमाथि गरेको फाउलका कारण उनले रातो कार्ड पाएसँगै झापा १० खेलाडीमा समिति बनेको हो ।

यो जितसँगै झापा सात खेलमा १० अङ्कसहित अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । त्यस्तै यो हारसँगै समान सात खेल  खेलेको धनगढी १२ अङ्कका साथ अङ्क तालिकामा दोस्रो स्थानमा छ । रासस