३० जेष्ठ २०८३, शनिबार
,
Latest
आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरस्वती क्याम्पसमा खेलकुद सप्ताह शुरु



अ+ अ-

काठमाडौं। सरस्वती बहुमुखी क्याम्पसको ६५ औं वार्षिकोत्सवका अवसरमा खेलकुद सप्ताह शुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन -स्ववियु_ को आयोजनामा पुष ३ गतेदेखि खेलकुद सप्ताह शुरु भएको हो । पुष ९ गतेसम्म सञ्चालन हुने खेलकुद सप्ताहमा भलिबल, फुटसल, क्रिकेट, बास्केटबल, ब्याडमिण्टन, टेबलटेनिस, छेलो, डोरी तान्ने, चेस र हाजिरीजवाफ खेलमा विद्यार्थीहरु सहभागी भएको स्ववियु सचिव राजेशबाबु बगालेले बताउनुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा क्याम्पसले आफ्नो वार्षिकोत्सव यही पुष १० गते भव्यपूर्वक मनाउने तयारी भैरहेको क्याम्पस प्रमुख डा= गोलमान गुरुङले बताउनुभयो । राष्ट्रपति पौडेलले क्याम्पसको पहिलो ब्याचीको रुपमा मानविकीतर्फ स्नातक उत्तीर्ण गर्नुभएको थियो । विसं २०१६ सालमा स्थापना भएको क्याम्पस त्रिभुवन विश्वविद्यलयको संस्थापक आङ्गिक क्याम्पस हो ।

क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका विभिन्न कार्यक्रमहरुमा ८ हजारभन्दा बढी छात्रछात्राहरु नियमित अध्ययनरत छन् । व्यवस्थापनतर्फ स्नातकोत्तर तहमा एम्बीएम् र एम्बीएस्, स्नातक तहमा बीबीए, बीबीएम्, बीबीएस् र बीएच्एम् तथा मानविकीतर्फ स्नातकोत्तर तहमा अङ्ग्रेजी, नेपाली, ग्रामीण विकास, समाजशास्त्र र अर्थशास्त्र, स्नातक तहमा अङ्ग्रेजी, अर्थशास्त्र, गणित, इतिहास, ग्रामीण विकास, नेपाली, राजनीतिशास्त्र, समाजशास्त्र, आमसञ्चार, मनोविज्ञान, भुगोल, बीसीए, बीएस्डब्लू समेतका विषयहरु दक्ष प्राध्यापकहरुबाट प्राध्यापन हुने गरेको क्याम्पस प्रमुख गुरुङले बताउनुभयो ।

वार्षिकोत्सव कार्यक्रमका लागि शिक्षा मन्त्री, त्रिविका उपकुलपति, रेक्टर, रजिष्ट्रार, पूर्व पदाधिकारीहरु, प्राज्ञिक र शैक्षिक विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको विद्यार्थी कल्याण प्रमुख बाबुराम चापागाईले बताउनुभयो ।