२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नई सुपर किंग्सको मास्टर स्ट्रोकले काम गर्यो, ६ करोडमा किन्यो दुई अलराउन्डर



अ+ अ-

एजेन्सी । चेन्नई सुपर किंग्सको मास्टर स्ट्रोकले आईपीएल २०२४ को मिनी लिलामीमा काम गर्यो । फ्रेन्चाइजले अलराउन्डरहरूसँग जुवा खेलेको थियो । सिएसकेले दुई शक्तिशाली खेलाडीलाई ५.८० करोडमा आफ्नो क्याम्पमा समावेश गरेको छ ।

सुरुमा शार्दुल ठाकुरमा कसैले चासो देखाएनन् तर सीएसकेले बोली लगायो । उसको पछि हैदरावाद पनि आयो । बोलपत्र रु तीन करोड पुग्यो । अन्ततः शार्दुल ठाकुर ४ करोडमा चेन्नई पुगे । उनी घर फर्किसकेका छन् । सन् २०२३ मा कोलकाता नाइट राइडर्सबाट खेलेका शार्दुल ठाकुर यसअघि चेन्नई सुपर किंग्सको हिस्सा थिए ।

योसँगै सीएसकेले न्युजिल्यान्डका उदीयमान अलराउन्डर खेलाडी रचिन रविन्द्रसँग पनि बाजी लगायो । उनको आधार मूल्य ५० लाख थियो । चेन्नईले बिडिङ सुरु गर्यो । दिल्ली क्यापिटल्सले बोली बढायो । चेन्नईले १ करोड सम्मको बोली लगायो । पञ्जाबले १.१० करोड रुपैयाँको बोली लगायो । अन्ततः चेन्नईले रचिनलाई १.८० करोडमा टोलीमा भित्र्यायो ।