८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव

राजसंस्था सहितको हिन्दु राष्ट्र र प्रदेश तह खारेजीको माग गर्दै आन्दोलन गर्ने राप्रपाको घोषणा

राजसंस्था सहितको हिन्दु राष्ट्र र प्रदेश तह खारेजीको माग गर्दै आन्दोलन गर्ने राप्रपाको घोषणा
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था सहितको हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि देशभर आन्दोलन गर्ने निर्णय गरेको छ ।

आईतवारबाट बसेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पुष, माघमा देशभर सभा र तयारीका कामहरु गर्ने पनि निर्णय गरेको छ । फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ । त्यस्तै आन्दोलनका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा केन्द्रिय आन्दोलन मुल समिति गठन गरेको छ । डा. धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति, पार्टीका कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति, प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको प्रचार तथा प्रसार समिति गठन गरेको छ ।

कोषाध्यक्षबाट प्रश्तुत आर्थिक प्रतिवेदन, सचिवालयका प्रतिवेदन लगायत प्रदेश कार्य समितिका प्रतिवेदनहरु परिमार्जनसहित पारित गर्ने निर्णय भएको पनि पार्टी अध्यक्ष लिङदेनले बताउनु भयो । उहाँकाअनुसार बैठकले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प प्रभावित परिवारहरुलाई तत्काल पालबाट अस्थायी आवासमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

उहाँले भन्नुभयो, ‘मुलुकको बिग्रदो अर्थतन्त्र, आम जनतामा बढ्दो निराशा, चरम बेरोजगारी, आर्थिक मन्दीका कारण साना किसान तथा उद्यमीहरूमाथिको बढ्दो ऋणभार, युवा शक्तिको विदेश पलायन, भष्ट्रचार लगायतका जनजीविकाका मुद्दाहरुका साथै राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि व्यापक जनदबाव सिर्जना गर्न बृहत् आन्दोलन गर्ने निर्णय गरिएको छ । आन्दोलनको तयारीका लागि पुष, माघमा देशैभर व्यापक सभा तथा तयारीका कामहरु गरिनेछ ।

फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरिएको छ । आन्दोलनका लागि समान विचार राख्ने दलहरु, अभियान तथा धार्मिक सङ्घ, संगठन, उद्योगी, व्यावसायी, विभिन्न पेशाकर्मीहरु, बुद्धिजीवी एवं देशभित्र र देशबाहिर रहनुभएका सम्पूर्ण राष्ट्रवादी नेपालीलाई सरिक हुन राप्रपा हार्दिक आव्हान गर्दछ। नवीन राप्रपा कार्ययोजनाका बाँकी कार्यहरु पनि आन्दोलनको अंगको रुपमा सम्पन्न गर्ने निर्णय गरिएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा केन्द्रिय आन्दोलन मुल समिति गठन गरिएको छ र सो समितिमा केन्द्रिय कार्य समितिका सबै पदाधिकारी, केन्द्रिय सदस्यहरु तथा आमन्त्रित केन्द्रिय सदस्यहरु रहनेछन् ।

पार्टीका संगठन विभाग प्रमुख, महामन्त्री डा. धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन ।

पार्टीका कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति गठन ।

प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको प्रचार तथा प्रसार समिति गठन ।

आवश्यकता अनुसारका अन्य समितिहरु गठन गर्ने ।

नविन राप्रपा कार्ययोजना अन्तर्गत भुगोल केन्द्रित जिम्मेवारीको समिक्षा गर्दा हालसम्मको प्रगति उत्साहजनक रहेकोले कार्यक्रमलाई निरन्तरता दिने र चैत्र मसान्तसम्म म्याद थप गर्ने । आवश्यकताअनुसार जिम्मेवारी हेरफेर गर्ने, जिम्मेवारीमा नजानेलाई सचेत वा कारवाही गर्ने साथै नविन राप्रपा कार्य योजनाका बाँकी कार्यहरु पनि क्रमशः सम्पन्न गर्ने निर्णय गरिएको छ ।

कोषाध्यक्षबाट प्रश्तुत आर्थिक प्रतिवेदन, सचिवालयका प्रतिवेदन लगायत प्रदेश कार्य समितिका प्रतिवेदनहरु परिमार्जनसहित पारित गर्ने निर्णय गरिएको छ ।

केन्द्रिय कार्य सम्पादन समितिबाट भएका निर्णयहरु अनुमोदन गर्ने निर्णय गरिएको छ ।

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प प्रभावित परिवारहरुलाई तत्काल पालबाट अस्थायी आवासमा स्थानान्तरण गर्न राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ साथै तत्काल अस्थायी आवास निर्माण गर्ने काममा नेपाली सेना र सशस्त्र प्रहरी बललाई जिम्मेवारी दिन नेपाल सरकारसंग राप्रपा माग समेत गर्दछ ।

वित्तीय संस्थाको चर्को व्याज दरका कारण उद्योगी, व्यावसायी र खास गरी साना उद्यमी व्यावसायी तथा किसानहरुको धितो लिलाम हुने परिस्थिति सिर्जना भएकाले उनीहरुको भुक्तानी तालिका कम्तिमा एक वर्ष म्याद थप गर्न र ब्याज दरलाई एकल बिन्दुमा ल्याउन नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकसंग राप्रपा माग गर्दछ ।

उखु किसानले प्राप्त गर्नुपर्ने रकम कुनै बिलम्व नगरी तत्काल उपलव्ध गराउन र दुग्ध किसानले पाउनुपर्ने रकम शीघ्र र सहज रुपमा उपलव्ध गराउन राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ।

प्रवासमा रहेका नेपालीले मतदान गर्न पाउने कानुनी अधिकारको सुनिश्चितता सहितको कानुन आगामी संसदको अधिवेशनबाट पारित गर्ने गरि अविलम्ब संसदमा पु¥याउन नेपाल सरकार र निर्वाचन आयोगको राप्रपा ध्यानाकर्षण गराउँदछ।

पार्टीको प्रवासको भुमिकालाई उच्च मूल्यांकन गर्दै हाल प्रवास क्षेत्रको वैधानिक भुमिकालाई बिस्तार गर्न वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई अध्ययन गरी प्रतिवेदन दिन जिम्मेवारी दिइएको छ ।

एनसेल अजियाटाको शेयर बिक्रीमा भएको भ्रष्टाचारको राप्रपा गम्भीर विरोध गर्दछ। यस विषयमा उच्चस्तरीय छानवीन गर्न राप्रपा जोडदार माग गर्दछ। साथै राप्रपाले पनि पार्टी भित्र अनुसन्धानका गर्नेछ। यसको लागि प्रवक्ता एवं सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाहीलाई संयोजक तोकिएको छ ।

लामो प्रतिक्षा पछि पनि मेलम्ची खानेपानीबाट काठमाडौं उपत्यकामा नियमित पानी आपूर्ति हुन नसकेको अवस्थालाई दृष्टिगत गर्दै तत्काल खानेपानी आपूर्तिको व्यवस्था गर्न र मेलम्ची खानेपानी आयोजनामा भएको भ्रस्टाचारको छानविन गर्न राप्रपा माग गर्दछ ।

स्वास्थ्य बीमा गरेका विमित बिरामीले पाउने उपचार र सुविधा जुनसुकै अस्पतालबाट पाउने व्यवस्था गर्न, औषधिको सुविधा सहजै पाउने वातावरण सुनिश्चित गर्न र सेवा प्रदायक अस्पतालले पाउने भुक्तानी तत्काल उपलब्ध गराउन सरकार र सम्बन्धित निकायको राप्रपा ध्यानाकर्षण गराउँदछ ।

रुस युक्रेन युद्धमा होमिएका नेपाली युवाहरु फिर्ता गर्न तथा हमासको कब्जामा रहेका विपिन जोशी एवं युक्रेनको नियन्त्रणमा रहेका नेपालीहरुको शिघ्र रिहाईको प्रभावकारी कुटनीतिक पहल गर्न नेपाल सरकारको राप्रपा गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गराउँदछ ।’

बैठकले एनसेल अजियाटाको शेयर बिक्रीमा भएको भ्रष्टाचारको बिरोध गर्दै उच्चस्तरीय छानबिन गर्न माग गरेको छ । त्यस्तै रुस युक्रेन युद्धमा होमिएका नेपाली युवाहरु फिर्ता गर्न तथा हमासको कब्जामा रहेका विपिन जोशी एवं युक्रेनको नियन्त्रणमा रहेका नेपालीहरुको शिघ्र रिहाईको प्रभावकारी कुटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।