२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीको महोत्सवमा पल शाहले ब्रासलेट हराए



अ+ अ-

काठमाडौँ । धनगढीको महोत्सवमा अभिनेता पल शाहले शनिबार प्रस्तुति दिए । दर्शकहरुको अत्यधिक माया पाएका पल शाहलाई व्यक्तिगत रुपमा भने चिन्ता परेको छ ।

उनले त्यहाँ ब्रासलेट हराएका हुन् । महोत्सवमा प्रस्तुति दिइरहेका बेला शाहको करिब ३ तोला बराबरको सुनको ब्रासलेट हराएको हो ।

ब्रासलेट खोज्न सिसिटिभी हेरिए पनि अहिलेसम्म फेला नपरेको आयोजकले जनाएको छ । यद्यपि, शाहले ब्रासलेट हराएकोमा कुनै गुनासो नगरेको आयोजक बताउँछ । महोत्सवमा सो दिन एक लाख बढी दर्शक उपस्थित थिए ।

शनिबार अभिनेता शाहको ब्रासलेट हराएकोबारे आइतबार पनि उद्घोषकले जानकारी गराएका थिए ।