८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव

सांसदले आफ्नो दायित्व बोध गर्न सकेका छैनन्: दाहाल

सांसदले आफ्नो दायित्व बोध गर्न सकेका छैनन्: दाहाल
अ+ अ-

“सरकारका तर्फबाट पर्याप्त बिजनेस प्राप्त हुँदाहुँदै पनि सोचेजस्तो सदन सञ्चालन हुन सकेन । सभामुखको भूमिका सक्रिय र प्रभावकारी देखिएन”, रासससँग सांसद कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का युवा सांसद लेखनाथ दाहाल (राजन)ले भन्नुभयो, “यसकारण गएको एक वर्षमा सापेक्षिक भूमिका त निर्वाह गरियो, तर जनताको अपेक्षाअनुसार भएनन् ।”

यद्यपि, पछिल्लो एक वर्षमा मिटरब्याजी पीडितलाई न्याय दिने विधेयक, नागरिकता विधेयक, आर्थिक विधेयकलगायत नागरिकसँग प्रत्यक्ष जोडिएका केही महत्वपूर्ण विधेयक कार्यान्वयनमा गएका उहाँको भनाइ छ । संसद्को एकवर्षे अवधिमा अपेक्षित भूमिका पूरा गर्न नसकेको उहाँको अनुभूति छ ।

“विगतमा प्रतिनिधिसभाले विधायकी जिम्मेवारी पूरा गर्न सक्नुपथ्र्यो, त्यो गरेको देखिएन । विसं २०७२ मा संविधानसभाबाट नयाँ संविधान जारी भयो । त्यसदेखि अहिलेसम्म संविधानको जगमा उभिएर जसरी ऐन कानुन निर्माण गर्नुपर्ने थियो, ती ऐन कानुन निर्माण भएनन्”, उहाँले भन्नुभयो ।

गएको एक वर्षमा सरकारका तर्फबाट प्रतिनिधिसभामा ‘बिजनेस’ प्राप्त भए पनि संसद्लाई बहसको थलोका रुपमा विकास गर्ने काम हुन नसकेको उहाँ बताउनुहुन्छ । संसद्भित्र विधेयक टेबल भएका महत्वपूर्ण विधेयक छलफलमा आउन नसकेको उल्लेख गर्दै उहाँले सदन प्रभावकारी ढङ्गले सदन चल्न नसक्दा सो अवस्था देखिएको बताउनुभयो ।

“मुख्यतः प्रमुख प्रतिपक्षी दलको गत्यावरोधका कारणले पनि सदनको कामकारबाही प्रभावकारी हुन सकेन”, सांसद दाहालले भन्नुभयो । ऐन कानुनमा देखिएका समस्या हल गर्न नसक्दा प्रदेश र स्थानीय सरकारका हातखुट्टा बाँधिएकातर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिँदै उहाँले प्रदेशको अप्ठ्यारा सल्टयाउन सामूहिक पहल गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो समय प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट बाहिरिनुपरेको पीडाको प्रभाव संसद्मा देखिएको सांसद दाहालको ठम्याइ छ । “प्रतिपक्षी दलबाट ससाना विषयमा संसद् निरन्तर अवरोध गर्ने काम भयो । संस्थागत भ्रष्टाचारको विषय उठाउँदा एमालेबाट लगातार संसद अवरोध भयो”, उहाँले भन्नुभयो । संसद्मा विषय उठान गर्दा प्रतिपक्षी उत्तेजित हुने र संसद्नै अवरुद्ध गर्ने अवस्था देखिनु गैरराजनीतिक चरित्र भएको उहाँको ठम्याई छ ।

कमजोरी रहे सच्याउने, बहस र छलफल गरेर जाने सम्बन्धमा प्रतिपक्षीबाट परिपक्वपन नदेखिएको उल्लेख गर्दै उहाँले सहकार्य र प्रतिस्पर्धाको संस्कृतिलाई स्वीकार गरिएको पाइएन, भन्नुभयो । “सहकार्य नगरी अवरोध गर्ने प्रवृत्ति हाबी भयो”, उहाँले भन्नुभयो । सदनमा आफ्नो पार्टीको धारणा स्पष्ट ढङ्गले राख्ने र खरो रुपमा पार्टीको प्रतिरक्षा गर्ने दह्रिलो भूमिका निर्वाह गर्दै आउनुभएका सांसद दाहालले आलोचना र आरोपको जगमा मात्र राजनीति गर्ने संस्कृतिलाई सबै राजनीतिक दलले बदल्नुपर्ने बताउनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै माओवादी केन्द्रका युवा नेता दाहालले कमजोरी सच्याउँदै नीतिगत र संरचनागत समस्या तथा कानुनी उल्झनका सम्बन्धमा गहिराइमा अध्ययन गरेर सामूहिक ढङ्गले छलफल र बहस गर्नुपर्ने बताउनुभयो ।

“सामूहिक ढङ्गले समस्याको समाधान गर्न प्रयत्न गर्नुपर्छ । यति गर्न सकिएन भने प्राप्त उपलब्धिको रक्षा गर्न सक्दैनौँ”, सांसद दाहालले भन्नुभयो, “संविधानको रक्षा र सफल कार्यान्वयन गर्न पनि सकिँदैन । संविधान निर्माणमा एकताबद्ध भएका परिवर्तनका पक्षधरहरु एक ठाउँमा नउभिइकन मुलुकको समृद्धि हासिल गर्न सकिँदैन ।”

विकास, आर्थिक समृद्धि र सामाजिक न्यायको नेतृत्व गर्न माओवादी पार्टी गम्भीर भएर लागेको जनाउँदै उहाँले निश्चित विधि र प्रक्रिया पूरा गरेर बहस र छलफलमा भाग लिने, कमजोरी पत्ता लगाउने र सच्याउने सामूहिक सङ्कल्प र प्रतिबद्धताबिना मुलुकलाई अगाडि बढाउन नसकिने बताउनुभयो ।

विसं २०३३ असार १० गते सिन्धुलीमा जन्मनुभएका लेखनाथ दाहाल २०४६ सालदेखि वामपन्थी आन्दोलनमा संलग्न हुनुभएको थियो । विसं २०४६ मा मोटो मसालको विद्यार्थी सङ्गठनको अध्यक्ष, २०४८ मा संयुक्त जनमोर्चाको इलाका सचिव रहनुभएका उहाँ तत्कालीन नेकपा ९माओवादी केन्द्र०ले थालेको जनयुद्धमा सहभागी हुनुभयो ।

जनताको अपेक्षा विकास निर्माणसँग सम्बन्धित रहेको उल्लेख गर्दै सांसद दाहालले जनप्रतिनिधिलाई जनताले राजनीतिकभन्दा पनि सामाजिक भूमिकामा संलग्नता भएको हेर्न चाहेको अनुभव सुनाउनुभयो । “मर्दापर्दा, मुद्दा मामिला, अड्डा अदालत, नागरिकता, राहदानी, विकास निर्माणलगायत काममा जो जोडिएको जनताले उसैलाई विश्वास गर्छन् । जनताको बुझाइमा पनि फरक छ”, उहाँले भन्नुभयो ।

राजनीतिक नेतृत्व भनेको नीति निर्माण गर्ने हो, नीति निर्माण तहमा देखिएका समस्या पहिचान र समाधान गर्ने हो भने बुझाइ कम रहेको उहाँको भनाइ छ । निर्वाचन जितेर गइसकेपछि नियमित आफूहरुको नियमित सम्पर्कमा हुनुपर्छ भन्ने जनताको बुझाइ रहेको उल्लेख गर्दै सांसद दाहालले जनताले परिणाम होइन, उपस्थिति खोजेका छन् भन्नुहुन्छ । “यसबाट पनि समस्या पैदा भएको छ”, उहाँले भन्नुभयो ।

प्रत्येक सांसदले आफू संसदीय भूमिका रहेका, नीति निर्माणको तहमा सक्रियता देखाउनुपर्छ भनेर जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिँदै उहाँ सांसदले आफ्नो भूमिका बोध नगर्ने र नीति निर्माणभन्दा पनि सामाजिक भूमिकामा जनताले दैनिक खोज्ने अवस्था नै बाधक हुन भन्ने ठान्नुहुन्छ ।

उहाँले पाँच वर्ष जेल जीवनसमेत बिताउनुभयो । सिं २०५७ देखि पार्टी क्षेत्रीय ब्यूरो सदस्य हुँदै उहाँ हाल माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य हुनुहुन्छ । विसं २०५७ मा माओवादीको युवा सङ्गठन वाइसिएलको महासचिव हुनुभयो । विसं २०७४ को निर्वाचनमा उहाँ बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

सिन्धुली क्षेत्र नं २ बाट निर्वाचित सांसद दाहाल जिल्लामा उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक समृद्धि लाई ध्यान दिँदै रणनीतिक महत्वका आयोजना अघि बढाएका बताउनुहुन्छ । “जलविद्युत् उत्पादन, सिँचाइ परियोजना, बृहत्तर खानेपानी आयोजना, सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरिएको छ । राष्ट्रिय अर्थतन्त्रमा टेवा दिने योजना हामीले शुभारम्भ गरेका छौँ”, उहाँले भन्नुभयो, “यससँगै जनताले दैनिक भोग्दै आएका समस्या बाटो, बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारलाई पनि समाधान गर्न प्रयास गर्दै आएका छौँ ।”

सरकारले उत्पादन वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले महत्वपूर्ण कार्यक्रम अघि सारेको उल्लेख गर्दै उहाँले कृषिलाई व्यवसायिकीकरण, यान्त्रीकरण गर्ने अभियान सुरु भएको बताउनुभयो । कृषि, वन र ऊर्जामा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ महत्वपूर्ण कामको थालनी भएको जानकारी दिँदै सांसद दाहालले यही उत्पादन सम्भव भएका कृषिजन्य वस्तुको उत्पादन वृद्धि गर्ने र आयात प्रतिस्थापन गर्दै जाने योजना रहेको सुनाउनुभयो ।

“किसानले उत्पादन गर्ने, बजारको जिम्मा सरकारले लिने गरी काम भइरहेको छ । जनताको अपेक्षाअनुसार नै मैले भूमिका खेलिरहेको छु । पाँच वर्षपछि पुनः जनतामा जाँदा गुनासो हुने छैन । मेरा विरोधी पार्टीले पनि आलोचना गर्ने छैनन्”, सांसद् दाहालले भन्नुभयो ।

अहिलेको संसद्को बनोट बहुरङ्गी प्रकारको रहेको उहाँको भनाइ छ । सङ्घर्षबाट खारिएर आएकादेखि सामाजिक सञ्जालबाट उदाएका सांसदको सदनमा उपस्थिति रहेको तथा संसदीय मर्यादा, मूल्य र मान्यतालाई ख्याल नगरी प्रस्तुत हुने अवस्था पनि देखिएको सांसद दाहालको मत छ । आफूले कहिल्यै पनि संसद्मा उत्तेजित भएर कुनै विषयवस्तु नउठाएको जिकिर गर्दै उहाँले भ्रष्टाचारका विषयमा आफूले आवाज उठाउँदै आएको बताउनुभयो ।

“ठूल्ठूला भ्रष्टाचारका फाइल खोल्नुपर्छ भनेर मैले लगातार सदनमा आवाज उठाउँदै आएको छु”, उहाँले भन्नुभयो, “पशुपतिको जलहरीमा सुन भनेर पित्तलको रिङ लगाइएको विषयमा छानबिन गरौँ भनेर जिम्मेवारपूर्वक सदनमा प्रस्तुत भएको हुँ ।” संसदीय मूल्यमान्यता भित्र रहेर, प्रतिनिधिसभा नियमावलीको मातहतमा रहेर मनमा लागेको कुरा आफूले राख्दै आएको उहाँको भनाइ छ । जनताको समस्या र अपेक्षा सदनमा नै राख्ने उहाँको भनाइ छ ।

उहाँले संसद्मा विभिन्न पात्र, प्रवृत्ति, सोच र चिन्तनको उपस्थिति रहेको उल्लेख गर्दै कतिपय सांसदमा जसरी पनि भाइरल हुने रहर जाग्ने गरेको र त्यसबाट कहिलेकाही संसद्मा अराजक स्थिति पनि देखिएको बताउनुभयो, “अराजकताको उत्र्कष भनेको अवसान हो । यो धेरै दिन टिक्दैन । अराजकता अन्त्य हुन्छ, त्यसो नभए अनुशासनको दायरामा आउँछ”, उहाँ भन्नुहुन्छ । वर्तमान सरकारले विद्यमान समस्याको समाधानका लागि प्रभावकारी पहल अघि बढाएको उहाँको जिकिर छ ।

नीतिगत भ्रष्टाचारका दुला अझै बन्द गर्न नसकिएको उल्लेख गर्दै उहाँले नियम, कानुन तथा संरचनात्मक समस्या बाधक बनेका बताउनुभयो । संरचनात्मक हिसाबले भ्रष्ट मानसिकता देखिएको, भ्रष्टाचार नगरी कुनै पनि पात्रले आफ्नो कर्तव्य पूरा भएको नठान्ने प्रवृत्ति देखिएको उहाँको भनाइ छ । “तलब, सेवासुविधामा मात्र सन्तुष्ट हुने पात्र असाध्यै कम छ । अतिरिक्त लाभ नभई कुनै पनि काम नगर्ने पात्र सार्वजनिक संरचनामा छन् । भ्रष्टाचार आदतका रुपमा विकास भएको छ”, सांसद् दाहालले भन्नुभयो ।

राजनीतिक नेतृत्व र उच्च पदस्थ अधिकारीको तहबाटै भ्रष्टाचार विरोधी अभियान चलाउन सकियो भने मात्र अन्त्य गर्न सकिने उहाँको भनाइ छ । मुहान सफा गरेपछि तल्लो भागमा आफैँ सफा हुने भन्दै उहाँले अहिले प्रचण्ड नेतृत्व सरकारले भ्रष्टाचार विरोधी अभियानलाई जनस्तरसम्म पु¥याएको दाबी गर्नुभयो । इतिहासमै पहिलोपटक यति ठूलो भ्रष्टाचार विरोधी अभियान सञ्चालन भएको जनाउँदै उहाँले एकै पटक ठूलो सङ्ख्यामा राजनीतिक र प्रशासनिक नेतृत्व जेल नपरेका दृष्टान्त दिनुभयो ।

“सरकारले भ्रष्टाचारविरुद्धको अभियान सुरु गरेको छ । जनताको साथ र सहयोगबिना भ्रष्टाचार नियन्त्रण गर्न सकिँदैन । जनताले भ्रष्टाचारीलाई घृणा र बहिस्कार गर्नुपर्छ । घुस माग्नेलाई कारबाही गर्ने तागत राख्नुपर्छ”, नेता दाहालले भन्नुभयो, “जनताको तहबाट पनि भ्रष्टलाई बहिस्कार गर्नुपर्छ । सरकारको तहबाट भ्रष्टाचारीलाई कारबाही गर्ने हिम्मत गर्नुपर्छ ।”

भ्रष्टलाई सम्मान होइन, अपमान गर्न थालियो भने मात्रै भ्रष्टाचार नियन्त्रणको प्रक्रिया सुरु हुने दाबी गर्दै उहाँले विगतमा ठूलालाई चैन, सानालाई ऐन हुन्थ्यो भने अहिले ठूलासाना भन्ने नै नरहेको बताउनुभयो । जनताको नियन्त्रण र निगरानीमा मात्रै भ्रष्टाचार निणन्त्रण गर्न सकिने उल्लेख गर्दै उहाँले नेपाल सरकारबाट जुन पहलको सुरु भएको छ, त्यो ऐतिहासिक रहेको बताउनुभयो ।

अवसर केन्द्रित भएको ठाउँमा युवा जनशक्ति केन्द्रित हुने विश्वव्यापी लहर देखिएको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रियस्तरमा नै अवसरको खोजीमा देश बाहिर जाने अवस्था देखिएको बताउनुभयो । अवसरको केन्द्रीकरण नुहन्जेल चाहेर पनि युवा शक्ति पलायन रोक्न नसकिने जनाउँदै उहाँले आद्योगिकीकरणको विकास गर्ने, आयात प्रतिस्थापन गर्ने, रोजगारी सिर्जना गर्ने, उत्पादन र रोजगार केन्द्रित योजना नल्याइ पलायन रोक्न नसकिने बताउनुभयो ।

“ठूला विद्युत् परियोजना अघि बढ्दै छन् । सरकारले सम्भावना भएको क्षेत्रमा लगानी केन्द्रित गर्न खोजेको छ । यस वर्ष निर्यात बढेको छ । गएको चार महिनामा रु १४ अर्बको विद्युत् निर्यात भएको छ । दुई अर्बको सिमेन्ट तथा रड भारतमा बिक्री भएको छ”, उहाँले भन्नुभयो, “उत्पादन वृद्धिसँगै निर्यात नियमित हुन थालेपछि आधारभूत समस्या समाधान गर्न सकिन्छ, मुलुक सकारात्मक दिशातर्फ अघि बढिरहेको छ ।” रासस