११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसन्तपुरमा विशेष कार्यक्रम गरी चौथो विश्व नेवार दिवस मनाइयो



अ+ अ-

काठमाडौं । आज चिल्लाथ्व चतुर्दशी अर्थात विश्व नेवार दिवस । काठमाडौंको बसन्तपुरमा विशेष कार्यक्रम गरी चौथो विश्व नेवार दिवस मनाइएको छ । चौथो विश्व नेवार दिवस आयोजक समितिका अनुसार कोभिड महामारीका कारण गत वर्ष हुन नसकेको विश्व सम्मेलन पनि आजै आयोजना गरिएको छ । 

सम्मेलनमा विश्वभर छरिएर रहेका नेवारहरुको सहभागिता रहेको थियो । नेपाल भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरुको तस्विर प्रदर्शनी, नेवार खानाका स्टल, विभिन्न प्रख्यात कलाकार र संघसंस्थाबाट सांस्कृतिक कार्यक्रम पनि कार्यक्रममा प्रस्तुत गरिएको छ । 

सम्मेलनमा नेवार समाज र नेपाल भाषाको विकासका लागि विशेष योगदान दिने विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको छ । सम्मेलनमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लागायतको उपस्थिति रहेको थियो ।