८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथरमा विभिन्न पार्टी परित्याग गरी ५ सय बढी एमालेमा प्रवेश



अ+ अ-

फिदिम । पाँचथरमा विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शनिबार एमालेले सुरु गरेको मध्य पहाडी लोक मार्ग केन्द्रित झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा पाँचथरको फिदिममा आयोजित बृहत् आमसभामा उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।

एमाले कोशी प्रदेश कमिटी सचिव राजकुमार भणडारीका अनुसार ५ सयभन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

गत स्थानीय तह निर्वाचनमा फिदिम नगरपालिकाका राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उपमेयरका उम्मेदवार जगत थापा मगरसहित नेकपा एमालेमा ५ सय बढी  प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई एमालेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गर्नुभयो ।