५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

‘एनिमल’ अभिनेत्री तृप्तीले भनिन् – ‘फिल्ममा समस्या छ भने नहेर्नुस्’

‘एनिमल’ अभिनेत्री तृप्तीले भनिन् – ‘फिल्ममा समस्या छ भने नहेर्नुस्’
अ+ अ-

एजेन्सी । सन्दीप रेड्डी वांगा निर्देशित फिल्म एनिमल हाल चर्चामा छ । फिल्मले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । एनिमलले दर्शकलाई निकै मनोरञ्जन दिइरहेको छ । यता, फिल्मको विषयवस्तुमा केही दर्शकको आपत्ति छ, जसका कारण निकै विवाद भएको छ ।

एनिमलमा यस्ता धेरै दृश्य छन्, जसले दर्शकलाई विचलित पार्छ । धेरै सेलिब्रेटीहरूले पनि एनिमलको बारेमा आफ्नो धारणा व्यक्त गरेका छन् । यसका साथै चलचित्रलाई समाजका लागि खतराको रुपमा समेत व्याख्या गरिएको छ । अब चलचित्रकी अभिनेत्री तृप्ति डिमरीले एनिमलको यो विवादमा प्रतिक्रिया दिएकी छिन् ।

फिल्ममा जुत्ता चाट्नेलगायतका धेरै दृश्य समावेश छन्, जसका कारण फिल्म विवादमा फसेको छ । द क्विन्टसँगको कुराकानीमा तृप्ति डिमरीले फिल्मबारे सबैको आ–आफ्नो धारणा हुन सक्ने बताइन् । ‘यदि कसैलाई फिल्ममा समस्या छ भने, नहेर्नुहोस् ।’ उनले भनिन् ।

तृप्ति डिमरीले भनिन्, ‘यो सबैको लागि फरक कुरा हो । यदि तपाइँ एक्शन फिल्म हेर्दै हुनुहुन्छ, र गुण्डाहरूले नायकलाई पिटिरहेका छन्, यसको मतलब यो होइन कि तपाइँ जानुहोस् । जीवनमा तपाईलाई जे घृणा गर्नुहुन्छ, उसलाई वा कसैलाई हिर्काउनुहोस् । आफ्नी श्रीमती वा प्रेमिकासँग असभ्य ढंगले कुरा गरिरहेको छ, यसले तपाईंलाई घर गएर आफ्नी श्रीमती वा प्रेमिका वा कसैसँग उस्तै कुरा गर्ने अनुमति दिँदैन ।’

तृप्ति डिम्रीले एनिमलको मिश्रित समीक्षामा लामो बहस हुनसक्ने बताइन् । ‘केही व्यक्तिहरू छन् जसमा फिल्मको प्रभाव थियो र उनीहरूलाई आफ्नो विचार व्यक्त गर्ने अधिकार छ । तर, यदि कुनै किसिमको सामग्री कसैलाई सुहाउँदैन भने, उसले त्यो हेर्नु हुँदैन । यदि केही कुरा तपाईलाई सहि लाग्दैन भने नहेर्नुहोस् ।’