८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

मौद्रिक नीतिको समीक्षा: लगानीकर्ता र निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुने संकेत: अध्यक्ष ढकाल

मौद्रिक नीतिको समीक्षा: लगानीकर्ता र निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुने संकेत: अध्यक्ष ढकाल
अ अ+ अ-

धनगढी । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले केही हदसम्म लगानीकर्ताको मनोबल बढाउने र अर्थतन्त्र लयमा ल्याउन सहयोग पुग्ने बताउनुभएको छ ।

सुदूरपश्चिम महोत्सव २०८० को उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका धेरै विषयहरु मौद्रिक नीतिको समीक्षामा समेटिएको र यसले लगानीकर्ता र निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुने संकेत गर्नुभयो ।

“नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा बैंक दर, नीतिगत दर, कर्जाको पुनरसंरचना र घर तथा शेयर कर्जामा लचकता अपनाएको देखिन्छ । यी विषयहरु हामीले विगत लामो समयदेखि निरन्तर उठाउँदै आएका थियौँ । राष्ट्र बैंकले अहिले आएर यसको सुनुवाई गरेको देखिन्छ । यसले लगानीकर्ताको मनोबल बढाउन, लगानी प्रवद्र्धन गर्न सहयोग गर्नसक्छ,” उहाँले भन्नुभयो ।

अहिले राष्ट्र बैंकले ल्याएको उदार मौद्रिक नीति समयमै आउन सकेको भए हजारौँ साना तथा मझौला व्यवसाय र व्यवसायी विस्तापित हुन नपर्ने अध्यक्ष ढकालले बताउनुभयो ।

“निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघले विगत लामो समयदेखि पटकपटक नेपाल राष्ट्र बैंकलाई अर्थतन्त्रलाई लयमा ल्याउन मौद्रिक नीतिमा विशेष व्यवस्था गर्न आग्रह गरेका थियौ । अहिले आएर हाम्रा मागको सम्बोधन भएको छ । ढिलो गरी आएको सम्बोधनले अर्थतन्त्रलाई लयमा ल्याउन के कति सहयोग गर्छ । त्यो हेर्न बाँकी नै छ । अहिले राष्ट्र बैंकले ल्याएको उदार मौद्रिक नीति समयमै आउन सकेको भए हजारौँ साना तथा मझौला व्यवसाय र व्यवसायी विस्तापित हुन पर्दैनथ्यो । तर, यसले केही न केही सकारात्मक सन्देश चाँही दिनेछ भन्ने हाम्रो अपेक्षा छ,” उहाँले भन्नुभयो ।
राज्यका निकायबिच समन्वयको अभावमा लगानीको वातावरण बन्न सकेन, अर्थतन्त्र लयमा ल्याउन सकिएन भनेर निजी क्षेत्रले आवाज उठाएको र त्यसलाई प्रधानमन्त्री आफैले सकारात्मकरुपमा लिई समन्वयकारी भूमिका निर्वाह गरेको बताउनुभयो ।

“राज्यका सबै निकायले राम्रो काम गरिरहेको बताइरहँदा पनि अर्थतन्त्र विग्रदै गएको अवस्था थियो । हामी निजी क्षेत्रले यसलाई सम्बोधन गर्न प्रधानमन्त्रीज्यूलाई आग्रह गर्‍यौ । उहाँले सर्वपक्षिय छलफलको आयोजना गरी सम्वाद परिषद्लाई सक्रिय बनाउनुभयो । यसले निजी क्षेत्र र राज्यका निकायबिच समन्वय र सहकार्य सहज हुने अपेक्षा गरेका छौ,” उहाँले भन्नुभयो ।

उहाँले निजी क्षेत्र मुलुकभित्र लगानीको वातावरण बनाउन र लगानी प्रवद्र्धन गर्न प्रतिवद्ध रहेको बताउनुभयो । निजी क्षेत्रले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन प्रधानमन्त्रीको भारत, चीन तथा युएई भ्रमणका अवसरमा लगानी सम्मेलनहरुको आयोजना गरेको बताउँदै उहाँले यस सुदूरपश्चिम प्रदेशमा यही फागुन महिनामा आयोजना हुने लगानी तथा विकास सम्मेलनले यस क्षेत्रको विकास र सम्मृद्धिमा नयाँ खुड्किलो बन्ने बताउनुभयो ।

मुलुकको अर्थतन्त्रप्रति प्रधानमन्त्रीज्यूले देखाएको चासो र लिएको अग्रसरताको प्रसंशा गर्दै अध्यक्ष ढकालले सरकारी प्रकृयाको कारण धेरै आयोजना रोकिने गरेको र त्यसलाई छिटोछरितो गराउने व्यवस्था मिलाउन समेत आग्रह गर्नुभयो ।

सरकारी प्रकृयाको कारण धेरै आयोजनाहरु समस्यामा पर्ने गरेका छन् ।  आफैले पनि यस प्रदेशमा करिब ५ अर्ब रुपैयाँ लगानीको प्रस्ताव अगाडि बढाएको छु । यदि सरकारी प्रकृयालाई समयमै टुङ्याउन सकियो भने आगामी फागुनमा आयोजना हुने लगानी तथा विकास सम्मेलनदेखि त्यो आयोजना सुरु गर्न सकिन्छ, उहाँले भन्नुभयो ।