११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि
फाईल फोटो
अ अ+ अ-

झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले यहाँ आगलागीका घटना बढ्न थालेका छन् । परालमा जानजान र दुर्घटनाबस आगो सल्किएका कारण मङ्सिरमा १५ आगलागीका घटना भएको प्रहरीले जनाएको छ ।

मेचीनगरको वडा नं ८ मा धान झारेपछि बाँकी रहेको परालको घुस्यान जलाउँदा आगो अनियन्त्रित भएर कुञ्जनमणि धमलाको घरमा क्षति पुग्यो । दिउँसै लागेको उक्त आगो मेचीनगर र दमक नगरपालिकाका दुई दमकलले निभाएको थियो ।

“बेलैमा नगरपालिकाको दमकल नआएको भए अरु धेरै क्षति हुन्थ्यो”, सोही वडाको प्रगतिशील टोल विकास संस्थाका सचिव सुरेश भट्टराईले भन्नुभयो, “हेर्दाहेर्दै कुञ्जनमणि धमलाको गोठ जलेर खरानी भयो, गोठमा भण्डारण गरेको डेढ बिघाको पराल र मालसामान पनि डढ्यो ।”

जिल्ला प्रहरी कार्यालयका अनुसार यस मङ्सिरमा जिल्लाका विभिन्न स्थानमा आगलागीका १५ घटना हुँदा रु नौ लाख ५६ हजार पाँच सय बराबरको धनमाल क्षति भएको छ । प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार खेतमा असरल्ल फ्याँकिने परालमा स्थानीयले नै आगो लगाउने गरेका छन् । पर्यावरणीय दृष्टिलेसमेत हानिकारक र मानव बस्तीमै क्षति पुग्ने भएकाले खेतभरि धेरैमात्रामा परालमा आगो लगाउने कार्य रोक्न जनचेतनाको खाँचो रहेको रेग्मीले बताउनुभयो ।

गत कात्तिक र साउनमा परालको कुन्युमा आगलागीका नौ घटना हुँदा रु चार लाख १९ हजार बराबरको धनमाल क्षति भएको उहाँले जानकारी दिनुभयो । जिल्लाका गाउँमा धान काटेर खेतमै कुन्यु लगाएर राख्ने र थ्रेसर मेसिन ल्याएर पालैसँग धान झार्ने चलन छ । धान झारेपछि पराल नबिक्ने भएकाले कृषकले पराललाई खेतमा फिजाएर आगो लगाइदिने गर्छन् । त्यही आगो अनियन्त्रित भएर बस्तीसम्म पुग्ने गरेको भट्टराई बताउनुहुन्छ ।

विर्तामोड–१० विराटपोखरमा यसै साता धानको कुन्युमा दिउँसै आगलागी हुँदा शन्तकुमार लोहारले अधिया कमाएको डेढ सय मन धान डढेर नष्ट भयो । लाइटरबाट निस्किएको आगो फैलिँदा उक्त आगलागी भएको थियो ।

यसै साता मेचीनगर–९ मागुरमाडीमा पाँच बिघा खेतको धान र चार वटा परालको कुन्युमा आगलागी भएको वडाध्यक्ष कञ्चन तामाङले बताउनुभयो । उक्त आगलागी अनियन्त्रित हुँदा नजिकैको टङ्कप्रसाद उप्रेतीको घरमा आंशिक क्षति पुगेको थियो । नगरपालिकाबाट आएको दमकलले आगो निभाउनुपरेको थियो ।

सुक्खा मौसममा धान र परालमा छिटो आगो सल्किने हुँदा त्यसबाट तीव्र गतिमा आगो फैलिन्छ । चुरोटको ठुटा जथाभावी फ्याँक्दा, लागुऔषधका प्रयोगकर्ताले नसालु पदार्थ खान जथाभावी आगो बाल्दा र बालबालिकाले आगो निस्कने वस्तु चलाउँदा आगलागी हुने गरेको छ ।

घरैपिच्छे गाईबस्तु पाल्ने चलन हराउँदै गएको र व्यावसायिक गाई फार्मले कलिलो मकैको साइलेज बनाएर खुवाउने गरेका कारण धानको पराल बिक्न छाडेको मेचीनगर–१० धुलाबारीका बिपी भट्टराई बताउनुहुन्छ । पराल नबिकेपछि भण्डारण गरेर राख्नुको साटो खेतमै छरेर आगो लगाउँदा बस्तीमा वायु प्रदूषणसमेत फैलिएको पाइन्छ । डढेको परालको पिरो धुँवाले आँखा पोल्ने समस्या आउने गरेको स्थानीय बताउँछन् । रासस