४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरहान र शिबानीले बिहे गर्दै



अ+ अ-

एजेन्सी । कलाकार, निर्देशक तथा निर्माता फरहान अख्तरले गायिका शिबानी डाण्डेकरसँग बिहे गर्ने भएका छन् । 

यी दुई २१ फेब्रुअरीमा विवाह बन्धनमा बाँधिन लागेका हुन् । फरहानले शिबानीसँग बिहे गर्न लागेको कुरा उनका बुबा तथा गीतकार जावेद अख्तरले जानकारी दिएका हुन् । 

‘फरहान र शिबानीको जोडीले २१ फेब्रुअरीमा अदालतमा बिहे दर्ता गर्ने छन् । त्यसपछि उनीहरूले परिवार र साथीहरूको साथ फार्महाउसमा इन्गेज्मेन्ट गर्ने छन्,’ जावेदले भनेका छन् ।  

उनले भने, ‘शिबानी निकै राम्रो केटी हुन्, हामी सबै उनलाई मन पराउँछौँ । सबैभन्दा ठूलो कुरा फरहान र शिबानी एकअर्कालाई मन पराउँछन् । अन्ततः उनीहरू बिहे गर्दैछन्, यो निकै खुसीको खबर हो ।’

फरहान र शिबानी चार वर्षदेखि प्रेममा रहेका थिए ।