६ आश्विन २०८१, आईतवार
,
Latest
नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनको प्रभाव न्युनिकरण गरी मानिसको जीवन सहज बनाउनु आजको प्रमुख चुनौति: राष्ट्रपति



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभाव न्युनिकरण गरी प्रभावित क्षेत्रका मानिसको जीवन सहज बनाउनु आजको प्रमुख चुनौति रहेको बताउनुभएको छ ।

मंगलवार ललितपुरमा इसिमोड स्थापनाको ४० औं वार्षिकोत्सव समारोहमा नव निर्मित भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा हिउँ पग्लिने, हिमाल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले तहसनहस बनाएको बताउनु भयो । उहाँले जलवायु परिवर्तनजन्य घटनाका कारण देशको अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी पुगेको जिकिर गर्नुभयो ।

उहाँले नेपाल जस्ता मुलुकले हरित गृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शुन्य सरह योगदान गरेपनि जलवायु परिवर्तनको प्रभाव अत्याधिक रहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाल लगायत जलवायु परिवर्तनको प्रभावको मारमापरेका मुलुकहरु रहेको बताउनु भयो । उहाँले अहिलेको विश्व मानव सिर्जित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदुषणका कारणले संकटमा रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको विश्व मानव सिर्जित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदुषणका कारणले संकटमा छ । पहाडी संवेदनशील भूबनावट र कमजोर आर्थिक, सामाजिक कारणहरुले गर्दा हिन्दकुश हिमालय जस्ता पर्वतीय हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अझ व्यापक छ । यो अवस्थामा जलवायु परिवर्तनको प्रभाव न्युनिकरण गरेर यस क्षेत्रका मानिसको जीवन सहज बनाउनु आज हाम्रा सामु ठूलो चुनौति छ । आज हाम्रा सामु हिमालमा हिउँ पग्लिएको, हिमाल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले गर्दा जलवायु परिवर्तनजन्य घटनाका कारण अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी नोक्शानी भोगिरहेको छ ।’

‘नेपाल जस्ता मुलुकले हरित गृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शुन्य सरह योगदान गरेपनि यहाँ जलवायु परिवर्तनको प्रभाव अत्याधिक छ । केही समयअघि संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणका क्रममा मैले कार्बन उत्सर्जनको कारक नभएर पनि नेपालले भोग्नुपरेको जलवायु परिवर्तनको असरका सम्बन्धमा विश्वको ध्यानाकर्षण गराउन गरेको आग्रह स्मरण गर्दछु । जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाल लगायत जलवायु परिवर्तनको प्रभावको मारमापरेका मुलुकहरु हुन् । यस क्षेत्रको जलवायु परिवर्तन वातावरणीय र जैविक विविधताको ह्रासबाट हुने प्रभावहरु राष्ट्रिय सीमाना भित्र नभइ सीमापारी र विश्वस्तरमा समेत पर्न जान्छ । हामी सदस्य राष्ट्रहरुले यस्ता समस्या समाधान गर्न एकजुट भएर सहकार्य गरौँ र हाम्रा मुद्दा अन्तर्राष्ट्रिय स्तरमा एकमत भइ उठान गर्न समेत म आग्रह गर्दछु ।’

सदस्य राष्ट्रहरुले जलवायु परिवर्तनजन्य समस्या समाधान गर्न एकजुट भएर सहकार्य गर्न र मुद्दा अन्तर्राष्ट्रिय स्तरमा एकमत भइ उठान गर्न समेत आह्वान गर्नुभयो । उहाँले आगामी दिनमा अहिले देखिएका महत्वपूर्ण मुद्दाहरुलाई समाधान गर्दै अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले इसिमोडलाई हिन्दुकुश हिमाली क्षेत्रबाट वातावरणीय सेवा प्राप्त गर्ने र यसको प्रभावक्षेत्रमा रहेका झन्डै २ अर्ब नागरिक तथा सामुन्द्रिक तटका देशहरूलाईसमेत साथ लिइ थप सहकार्य गर्नु उपयुक्त हुने सुझाव दिनुभयो । रासस