५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

अक्षय कुमारसँगै काम गरेका यी अभिनेता अहिले चौकीदार बनेर गुजारा गरिरहेका छन्

अक्षय कुमारसँगै काम गरेका यी अभिनेता अहिले चौकीदार बनेर गुजारा गरिरहेका छन्
अ+ अ-

एजेन्सी । बलिउडमा प्रवेश गर्न र लगातार लाइमलाइटमा रहन धेरै कठिन छ । यहाँ धेरै स्टारहरूले आफूलाई उचाइको शिखरमा पुर्‍याए, केही स्टारहरु समयसँगै गुमनाम भए ।

यसैबीच, बलिउडका ‘खिलाडी कुमार’सँग धेरै फिल्ममा काम गर्ने एक स्टारको बारेमा चर्चा गरौं तर अहिले यी अभिनेताको हालत यस्तो भएको छ कि उनी अहिले पैसाको लागि सुरक्षागार्डको काम गरिरहेका छन् ।

यी अभिनेताले एक मात्र होइन धेरै फिल्ममा काम गरिसकेका छन् यी फिल्मको नाम ‘ब्ल्याक फ्राइडे’, ‘गुलाल’ र ‘पटियाला हाउस’ हो । यी सबै फिल्ममा यी अभिनेताले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

उन नाम सवि सिद्धु हो । फिल्ममा काम गरेपछि यी अभिनेता अहिले गुमनामको जीवन बिताइरहेका छन् । उनीसँग कुनै ठूलो काम छैन । जसका कारण अहिले यो अभिनेता आफ्नो जीविकोपार्जनका लागि चौकीदारको रुपमा काम गरिरहेका छन् ।

सविले एक पोर्टललाई दिएको अन्तर्वार्तामा यसबारे खुलेर कुरा गरेका थिए । यसै क्रममा सविले आफ्नो स्वास्थ्य बिग्रँदै गएका कारण यो निर्णय लिएको बताए । सविले भने– ‘मेरो जीवनको सबैभन्दा कठिन समय त्यो थियो जब मैले मेरी श्रीमती गुमाए । मेरो बुबाको मृत्यु भयो, त्यसपछि मेरी आमा र ससुरा पनि । म अहिले एक्लै छु । स्वास्थ्य राम्रो भएपछि काम पाउँछु भन्ने लाग्यो । तर यस्तो हुन सकेको छैन । काम पाउन गाह्रो हुन थाल्यो । आर्थिक अवस्था सुधार्न, मैले पहरेदारको रूपमा काम गर्ने निर्णय गरें ।’

अभिनेता राजकुमारले सवि सिद्धुको कथाबारे ट्वीट गरेका थिए जुन निकै भाइरल भएको थियो । राजकुमारले ट्विटमा लेखेका छन्, ‘म सवि सिद्धु सर तपाईको कथाबाट प्रेरित छु । मैले तपाईका सबै फिल्ममा तपाईको कामको सधै प्रशंसा गरेको छु । तपाईंको सकारात्मकता मन पर्यो । म मेरा सबै कास्टिंग साथीहरूलाई तपाईं सम्म पुग्न भन्छु ।’

सविले ‘जमीन’, ‘ब्ल्याक फ्राइडे’, ‘पटियाला हाउस’, ‘जाल’, ‘डी–डे’ लगायत १५ फिल्ममा काम गरिसकेका छन् ।