२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीरको ‘एनिमल’ले तीन दिनमै कमायो २०१ करोड



अ+ अ-

एजेन्सी । शुक्रबारदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आएको रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।

फिल्मलाई लिएर मिश्रित प्रतिक्रियाहरु आइरहेको भएपनि फिल्मको कमाईमा भने उछाल आइरहेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले ओपनिङ डे अर्थात् शुक्रबार ५४.७५ करोड, शनिबार ५८.३७ करोड र आइतबार ६३.४६ कलेक्शन गरेको छ । यो कमाई हिन्दी भर्सनमा मात्र रहेको छ ।

यस्तै, साउथ इन्डियन भाषामा फिल्मले शुक्रबार ९.०५, शनिबार ८.९० र आइतबार ७.२३ गरी २५.१८ करोडको कमाई गरेको छ । यसरी फिल्मले सबै भाषामा गरी तीन दिनमै २०१.७६ करोडको कमाई गरेको छ ।

एनिमलमा रणवीर कपूर बाहेक अनिल कपुर, बबी देओल र रश्मिका मन्दानाको पनि अभिनय रहेको छ । फिल्मलाई सन्दीप रेड्डी वांगाले निर्देशन गरेका छन् ।