५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस आगामी चुनाव एक्लै लड्नुपर्छ: गगन थापा



अ+ अ-

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसभित्र इमानदार एवं कर्तव्यनिष्ठ व्यक्तिहरू धेरै रहे पनि त्यो पूँजी प्रयोग गरेर निर्वाचनमा जान नसकिएको बताउनुभएको छ ।

उहाँले पार्टीभित्र गाउँ, सहर जहाँ सबैतिर इमानदार कार्यकर्ता रहेपनि त्यसलाई पार्टीले पूँजीका रुपमा प्रयोग गर्न नसकेको गुनासो गर्नुभयो । महामन्त्री थापाले पार्टीले आगामी चुनाव हारे पनि एक्लै लड्नुपर्ने बताउनुभयो ।

बुटवलमा आयोजित नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनमा महामन्त्री थापाले निर्वाचनमा समानुपातिक पद्धतिमा आफन्त र आफू निकट राख्दा इमानदार नेता पछाडि परेको बताउनुभयो ।

उहाँले नेपालको अर्थतन्त्र पछिल्लो पटक सुधार भएको उल्लेख गर्दे अब निराशभन्दा आशावादी हुँदै गएको बताउनुभयो । उहाँले प्रदेश संरचना खर्चिएको भएकाले त्यसलाई कम खर्चमा राम्रो सेवा दिने गरी प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।