१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसद्वारा युक्रेनमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमण



अ+ अ-

किएभ । रुसी सेनाले पछिल्लो हमलामा मुलुकका दक्षिण र पूर्वमा दुई दर्जनभन्दा बढी इरान निर्मित ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले शुक्रबार बताएको छ ।

किएभका अधिकारीहरूका अनुसार जाडोका महिनाहरूमा युक्रेनको सङ्घर्षशील ऊर्जा ग्रिडमा व्यवस्थित हमलाका लागि रुसी सेनाले ड्रोन र क्षेप्यास्त्र जम्मा गरिरहेको छ ।

दक्षिणी क्षेत्रमा १८ ड्रोन र एउटा क्षेप्यास्त्र खसाएको दाबी गर्दै हवाई सेनाले भनेको छ, “समग्रमा दुश्मनले दुई वटा एक्स–५९ क्षेप्यास्त्र र २५ शाहिद–१३६र१३१ आक्रमणकारी ड्रोनको प्रयोग गरेको थियो ।” अघिल्लो जाडोयाममा युक्रेनको ऊर्जा पूर्वाधारमा रुसी हमलाका कारण लाखौँ मानिस लामो समयसम्म जाडो र अन्धकारमा बसेका थिए ।

किएभले पश्चिमी हतियारका साथ उसको हवाई रक्षा प्रणालीहरूलाई बलियो बनाएको छ । यद्यपि उसले कमजोर क्षेत्रका लागि थप हतियार आवश्यक परेको स्वीकार गरेको छ । रासस