२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा अनलाइनमार्फत भुक्तानी गर्नेको सङ्ख्या बढ्दो



फाईल फोटो
अ+ अ-
गोरखा । गोरखा जिल्लामा अनलाइन प्रणालीमार्फत विद्युत् महसुल भुक्तानी गर्ने ग्राहकको सङ्ख्या बढ्दै गएको छ । नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रमा पछिल्लो समय ग्राहकले विद्यु्तीय माध्यमबाट महसुल भुक्तानी गर्नेक्रम कार्यालय प्रमुख इञ्जिनियर चिजकुमार गुरुङले जानकारी दिनुभयो ।
“शाखाअन्तर्गत अहिले ४८ हजार आठ सय ८० हजार ग्राहक रहेका छन्”, उहाँले भन्नुभयो, “त्यसमध्ये आधाजसो ग्राहकले अनलाइनमार्फत महसुल भुक्तानी गर्न थालेका छन् ।” धेरै महसुल तिर्नुपर्ने ग्राहकले चेकमार्फत भुक्तानी गर्ने गरेका भए पनि थोरै शुल्क तिनुपर्ने ग्राहकले भने अनलाइन सेवामार्फत महसुल बुझाउने गरेको पाइएको छ ।
शाखाअन्तर्गत जिल्लाका तीन ठाउँमा महसुलको काउण्डर रहेको भए पनि अनलाइन प्रणालीमार्फत भुक्तानी गर्ने ग्राहकको सङ्ख्या बढ्दै गएपछि काउन्टरमा चाप कम हुँदै गएको प्रमुख गुरुङको भनाइ छ । “अनलाइन प्रणालीमध्ये पनि सवैभन्दा इ–सेवाबाट महसुल बुझाउने ग्राहकको सङ्ख्या धेरै छ”, उहाँले भन्नुभयो, “यसले कार्यालय र ग्राहक दुवैलाई छिटोछरितो र सहज पनि भएको छ ।”
प्राधिकरणले आफ्ना ग्राहकलाई ई–सेवा, खल्ती, आइएमी पे, बैंक खातालगायतका विभिन्न अनलाइन माध्यमबाट विद्युत्को महसुल तिर्नसक्ने व्यवस्था मिलाउदै आएको छ । अनलाइनको माध्यमबाट विद्युत् महसुल भुक्तानी गर्दा ग्राहकलाई घण्टौँ लगाएर गाउँदेखि बजारसम्म आइपुग्नुपर्ने बाध्यतासमेत हटेको प्रमुख गुरुङले बताउनुभयो ।
“रु ३० को महसुल बुझाउन बारपाकदेखि पाँच सय रुपैयाँ खर्च गरेर सदरमुकाम आउनुपर्ने बाध्यता ग्राहकको रहेको थियो”, उहाँले भन्नभयो, “अहिले मोबाइलबाट घरमै बसेर पनि महसुल बुझाउन पाएका छन् ।” यसले ग्राहकहरुको खर्चसमेत बचत हुने उहाँको भनाइ छ ।
“अनलाइन प्रणालीमार्फत महसुल भुक्तानीका लागि अझै पालिका वा वडावडामा पुगेर सचेतना फैलाउने योजनामा कार्यालयको छ”, प्रमुख गुरुङले भन्नुभयो, “ग्राहकलाई अनलाइनमार्फत कसरी भुक्तानी गर्ने भन्नेबारेमा जानकारी पनि छैन हामीले आफू पुगेका बेलामा ग्राहकलाई जानकारी दिने पनि गरेका छौँ ।”
अनलाइनमार्फत विद्युत् भुक्तानी गर्दा सार्वजनिक बिदाका दिनमा समेत भुक्तानी गर्नसक्ने भएकाले पनि ग्राहकलाई पनि सजिलो भएको उहाँको भनाइ छ । “कार्यालयले हरेक दिन बिहान ७ बजेपछि सर्भर अपडेट गरिदिन्छ”, प्रमुख गुरुङले भन्नुभयो, “अनलाइनमार्फत भुक्तानी हुन थालेपछि समयमा महसुल उठ्ने गरेको छ ।”
अनलाइनबाट महसुल भुक्तानी गर्नेले बिहान ७ बजेदेखि राति १२ बजेसम्म भुक्तानी गर्नसक्ने उहाँले बताउनुभयो । प्राधिकरण गोरखा वितरण केन्द्रमा मासिक करिब रु दुई करोडभन्दा बढी राजस्व सङ्कलन हुने गरेको कार्यालय प्रमुख गुरुङले जानकारी दिनुभयो । रासस