४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमसम्बन्धमा राष्ट्र बैंकको सुझाव



नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंक
अ+ अ-

काठमाडौं।नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिममा सतर्क बन्न आग्रह गरेको छ । बैंकका अनुसार पछिल्लो समय विद्युतीय कारोबारमा बढोत्तरी भएको छ तर विभिन्न विद्युतीय उपकरणका माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति-समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको उल्लेख गरेको छ ।

केन्द्रीय बैंकले विद्युतीय भुक्तानी प्रयोगकर्तालाई सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ अथवा मोबाइल बैंकिङको युजर नेम तथा पावसर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाई उक्त चिठ्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने तथा अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्ने गरेको भन्दै यस्ता प्रकारका ठगीबाट बच्न विशेष ध्यान दिन आग्रह गरेको छ ।

अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटिपी वा अन्य कुनै पनि संवेदनशील जानकारी नदिन अनुरोध गर्दै राष्ट्र बैंकले मोबाइल तथा अन्य डिभाइस एवं एपका पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नसमेत सुझाव दिएको छ । बैंकले यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्न आग्रह गरेको छ । सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको ब्यहोरा अन्य माध्यमबाट यकीन गरेर मात्र रकम पठाउन बैंकको आग्रह छ ।

बैंकले अनावश्यक तथा अनधिकृत एप आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड नगर्न पनि आग्रह गरेको छ । अनधिकृत एप डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्नेतर्फ सचेत गराएको छ । कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड वा क्यूआर कोड पठाएको अथवा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेमा त्यसलाई शङ्कास्पद रुपमा लिन बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ ।

केन्द्रीय बैंकले रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बारकोड, क्यूआर कोड पठाउन आवश्यक रहेको जनाएको छ । कुनै पनि वेवसाइटमार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेवसाइट वास्तविक हो÷होइन भन्नेमा ध्यान दिन भनेको छ । कुनै पनि वेबसाइटको ठेगाना ‘https//’ बाट सुरु भएको छ भने सुरक्षित, भरपर्दो वा विश्वसनीय छ भन्ने बुझिने भएकाले वेबसाइटको ठेगाना ‘https//’ बाट सुरु भएको यकिन गर्न राष्ट्र बैंकले सुझाएको छ ।

विद्युतीय कारोबार गर्दा आफू ठगिएको शङ्का लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैंक तथा वित्तीय संस्था एवं नेपाल राष्ट्र बैंकको गुनसो सुनुवाइसम्बन्धी पोर्टलमा गुनासो वा उजुरी गर्न भनेको छ ।